Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

सुर्खेतमा विप्लव समूह र प्रहरीबीच गाेली हानाहान : जवाफी फायरिङ गरेकाे प्रहरीकाे भनाइ

सुर्खेतको पञ्चपुरी नगरपालिका–८ मा रहेकाे चेनेरीताल जङ्गलमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ ।

विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउण्ड फायर गरेपछि जवाफी फायरिङ गरेको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको पुष्टि गर्नुभयो । विप्लव समूहका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उहाँलाई पक्राउ गर्न गएको थियो । प्रहरी उपरीक्षक पन्तले शाहीको घरमा नपुग्दै जंगलमा प्रहरीमाथि आक्रमणको प्रयास गरेको बताउनुभयो ।

शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो । ‘प्रहरीलाई देख्नेबित्तिकै ८–१० जनाको संख्यामा रहेका विप्लवका कार्यकर्ताले फायरिङ गरे, हाम्रो तर्फबाट दुई जनामात्रै भएकाले पक्राउ गर्न सकेनौं,’ इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले भन्नुभयो, ‘अहिले थप प्रहरी परिचालन गरेर जंगल क्षेत्रमा उनीहरुको खोजी भइरहेको छ ।’

यसैबीच विप्लव समूहले मंगलबार राति सुर्खेतका विभिन्न स्थानमा रहेको एनसेल टावरमा बम राखेको थियो । भेरीगङ्गा नगरपालिकाको एनसेल टावरमा आगजनी गर्नुका साथै वीरेन्द्रनगर पिपिरामा रहेकाे एनसेल टावर नजिक बम राखेको थियो । ती बम बुधबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP