Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प आयोजना हो, राष्ट्रिय सहमति पनि जुटिसक्यो : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नेपालले पर्यटन पूर्वाधारका काममा तीव्रता दिएको बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा मन्त्री भट्टराईले नेपालमा पर्यटक बढाउन हवाई सञ्जाल विस्तारको आवश्यकता रहेको र त्यसको लागि सरकारले विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय विमास्थल बनाइरहेको बताउनुभयो ।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलकाे विकल्पमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको र केही महिनामै सञ्चालनमा आउने मन्त्री भट्टराईको भनाइ छ । यस्तै पोखरामा निर्माण भैरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुदेखि सञ्चालनमा आउने उहाँले बताउनुभयो । 

कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले निजगढमा बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र यो निर्विकल्प विमानस्थल भएको प्रस्ट पार्नुभयाे ।  

‘हामीले देखेको सपना र राखेको उद्देश्य पूरा गर्नको लागि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य छ, यो हाम्रो लागि निर्विकल्प आयोजना हो, यसका लागि राष्ट्रिय सहमति कायम भएको छ, यसमा म खुशी व्यक्त गर्न चाहन्छु’, मन्त्री भट्टराईले भन्नुभयाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP