Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

प्रतिबन्ध फुकुवापछि सन्ताेषले भने– अब दायाँ-बायाँ नगराैँ, फुटबलमा ‘फाेकस’ गराैँ

काठमाण्डाै – कुवेतविरुद्ध विश्वकप छनोट खेल्न भुटान प्रस्थान गर्नुअघि नेपाली चार जना फुटबलरहरु नाइट क्लबमा गएको पाइएपछि प्रतिबन्धमा परेका थिए ।

नेपाली टिमका स्ट्राइकर विमल घर्ति मगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले अनुशासनको पालना नगरेकाे भन्दै कारबाही गर्दै प्रतिबन्ध लगाएको थियो । अन्जन र सन्तोषको ४५ दिने प्रतिबन्ध फुकुवा भएको छ भने दिनेश र विमलको भने ९० दिने प्रतिबन्ध बाँकी नै छ ।

त्रिभुवन आर्मीका सन्तोष ४५ दिने प्रतिबन्ध फुकुवासँगै वुधबार थ्रीस्टारविरुद्धको खेलमा मैदान प्रवेश गरे । सन्तोषसले जारी सिजिनको पहिलो ए डिभिजन लिग खेल्दै सुखद् सुरुवात पनि गरेका छन् ।

सुरुमै प्लेइङ सेटमा अटाएका सन्तोषले पूरै समय मैदानमै बिताए । आर्मीले थ्रीस्टारविरुद्ध २–० को सहज जित निकाल्दा सन्ताेष एक गोल गर्न सफल भए । सन्तोषले १७ औँ मिनेटमा थ्रीस्टारको पोस्टमा चार्ज गर्दा डिफेन्डरहरुले किलियर गरेका थिए । ७९ औं मिनेटमा सन्तोषले व्यक्तिगत पहिलो गोल गर्दा आर्मी २–० ले विजयी हुन सफल भयो ।

थ्रिस्टारविरुद्धकाे खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष तामाङ केल्मी ‘म्यान अफ द म्याच’ पनि भए । प्रतियोगितापछि आयोजित ‘पोस्ट म्याच’ कन्फ्रेन्समा उपस्थित भएका सन्तोषले आफू एन्फाको प्रतिबन्धपछि धेरै नै रोएको बताए ।

आफ्नै गल्तीका कारण सुरुदेखि लिग खेल्न नपाउँदा फुटबललाई ‘मिस’ गरेको बताएका सन्तोषले युवा खेलाडीहरुलाई यता उता केही नहेरि फुटबलमा ‘फोकस’ हुन पनि आग्रह गरे । 

यसैबीच एन्फा मैदान सातदोबाटोमा भएकाे पहिलाे खेलमा विभागीय क्लब नेपाल पुलिसले गएकाे संस्करणको उपविजेता संकटालाई २–१ गोल अन्तरले पराजित गर्‍याे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP