Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चन्द्रौटा महोत्सवको आज चौथो दिन, रामजी खाँणको विशेष प्रस्तुती

अर्जुन बेल्बासे ,पुस १७।
कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ १४ गते देखि सुरु भएको छैठौं चन्द्रौटा महोत्सबको आज चौथो दिन सदा भन्दा आज आकर्षकको रुपमा हेरीएको छ ।

चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा चन्द्रौटामा पुस १४ गते देखि शुरु भएको छैठौं चन्द्रौटा महोत्सवको आज चौथो दिन विहिवार महोत्सवको मुख्य आकर्षकको रुपमा चर्चित लोक तथा दोहोरी गायक राम्जी खाँण ,सिता राना मगर,शितल शर्मा अर्जुन मिश्र लगायत स्थानिय कलाकार सगँ सगैँ डान्स गुरुपको प्रतुति रहने आयोजकले जानकारी दिएको छ।त्यस्तै हिजो तेस्रो दिन मुख्य आर्कषकको रुपमासपना गाहा, श्री निवास चौधरी, प्रिया भण्डारी , जादुगर वलाराम सरकार सारदा भुसाल लगायत स्थानिय कलाकार र जे डि सी डान्स गुरुप र नमस्ते डान्स गुरुपको बेजोड प्रस्तुतिले दर्शकहरुको अघिल्ला दिनकोे तुलनामा हिजोे भीड बढेको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अलिमियाको दावी गर्नुभयो ।त्यस्तै भोलीका आकर्षकका रुपमा जोती मगर,शिव खनाल ,जादुगर निरज मगर लगायत स्थानिय कलाकार सगँ सगैँ डान्स गुरुपको प्रतुति रहने आयोजकले जानकारी दिएको छ।

कृषि, स्थानीय उत्पादन, पर्यटनको विकासलाई जोड दिँदै हरेक वर्ष व्यापार सघं र उध्योग वाणिज्य संघले पालैपालो महोत्सव आयोजना गर्दै आएका छन। यो वर्ष चन्द्रौटा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव पुस १४ गते देखि पुस २६ गते सम्म लाग्ने आयोजकले जनाएको छ ।


महोत्सवमा मा २ सय भन्दा बढी स्टलहरुमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा ,सूचना प्रविधी, नेपाल टेलीकमको निशुल्क सिम वितरण र भाग्यशाली चिठ्ठा , राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् । पुस २६ गते सम्म चल्ने महोत्सवमा करिब १करोड रुपैयाँको आर्थिक कारोबार हुनुका साथै १लाख बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

त्यस्तै महोत्सवको आकर्षकको रुपमा लिएको छैठौं चन्द्रौटा डान्स आइडल हिजो देखि सुरुभएको छ । छैठौ चन्द्रौटा डान्स आइडलको पहिलो दिन १० जनाले प्रतिशप्रधा गरेका छन । हिजो चन्द्रौटा डान्स आइडल बाट सबै जना सुरक्षित रहेको र आज एक जना आइडल बाट बाहिरीने संयोजक सुमन पौडेलले जानकारी दिए । छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५० हजार एक सय एघार, दोस्रो पुरस्कार रु.३० एक सय एघार र सन्त्वना पुरस्कार दुई जनालाई रु १० हजार १ सय ११ रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ । त्यस्तै हिजो देखि सुरु भएको छैठौं डान्स आइडलमा निर्णायकको भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा नित्य निर्दे्िशका वविता धितालका भुमिका रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP