Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा उल्लेख्य सफलता हासिल गरेको वैदेशिक रोजगार विभागको दावी

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिकमा उल्लेख्य सफलता हासिल गरेको दावी गरेको छ । विभागले आर्थिक वर्षको प्रथम चौमासिक साउनदेखि कात्तिकसम्मको प्रगति समेटेर तयार पारेको प्रतिवेदनमा यस्तो दावी गरेको हो । वैदेशिक रोजगारीका विकृति तथा विसंगति उन्मुलन गर्न विभागले संस्थागत सुशासनका प्रयासका साथै अनुगमन, राहत उद्धार तथा ठगी नियन्त्रणमा सक्रिय रुपमा काम गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । सबैको सुझाव सल्लाह अनुसार नै अघि बढेर काम गरेकाले उल्लेख प्रगती हासिल गरेको विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुषालले बताउनुभयो । विभागले केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७५ बाट वैदेशिक रोजगार ऐन २०६४ को दफा ११ (१) र (२) मा भएको संशोधित व्यवस्थाबमोजिम २०७६ भदौ १८ गतेसम्म दुइ सय ९७ संस्था एक आपसमा गाभिएर आठ सय ५३ म्यानपावर कम्पनीले धरौटी वृद्धि गरेका छन् । यी दुवै प्रकृयामा नजाने तीन सय तीन वटा म्यानपावर खारेज भएका छन् । विभागले म्यानपावर व्यवसायीका शेयरधनी तथा कर्मचारीको विवरण विभागको वेबसाइटमा राखेको छ । विभागले यसै अवधिमा वैदेशिक रोजगार व्यवसायमा आबद्ध एजेन्ट खारेज गरेको छ । विभागमा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा पाँच सय दुइ उजुरी दर्ता भएका मध्येबाट ९६ प्रशित अर्थात चार सय ८४ उजुरी फस्र्योट गरेको छ । पाँच सय दुइ संस्थागत उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षको प्रथम चौमासिकमा कुल चार सय ५६ उजुरी दर्ता भएका मध्ये ३० प्रतिशत अर्थात एक सय ३७ उजुरी फरफारक भएका थिए । यस वर्षको प्रथम चौमासिकमा १३ करोड ७६ लाख ८५ हजार आठ सय भन्दा बढी विगो दावी गरिएको मध्इे विभागले तीन करोड ४२ लाख ८३ हजार विगो भराएको छ । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विद्युतीय श्रम स्वीकृतिको दिन थालेको छ । यस्तै विद्युतीय पालो (ई–टोकन) प्रणालीसमेत लागू भएको छ । यस व्यवस्थाबाट श्रमिक श्रम कार्यालयमा दिनहुँ धाउनु धाएर लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रोजगारीको खोजीमा खाडीलगायत विभिन्न मुलुकमा कुल एक लाख ५८ हजार सात सय ७८ श्रमिक अन्तिम श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP