Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

एनसेल ‘रिचार्जमा चमत्कार’ : दुर्घटनामा परेर उपचार गराइरहेका कामतीलाई १० लाख

काठमाण्डौ – दुर्घटनामा परि विराटनगर नर्सिङ होममा उपचारत सिरहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा १० लाख रुपैयाँ जित्नुभएको छ । उहाँ यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने भाग्यशाली ग्राहक हुनुहुन्छ । 

मङ्सिर ३० गते एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको एक कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिनुभएको हो । बुधबार चर्चित हास्यकलाकार जितु नेपालले कामती उपचारत अस्पतालमै पुगेर १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । 
 
आफ्नो ‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना गएको मङ्सिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् । 

अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुवा किशोर कामतीले बताउनुभयो । ‘छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौँ । ‘यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौँ’, उहाँले भन्नुभयो ।

यो योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख रुपैयाँ जितेका छन् । ती ३० जनामध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् र २१ जना ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेका छन् । 

एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकले हप्तामा सय रुपैयाँ वा त्योभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजना सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । 

ग्राहकहरुले सय वा त्योभन्दा बढीको रिचार्जमा प्रत्येक सय रुपैयाँ बराबरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् । 

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नपर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच जना भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP