Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भम्रण बर्ष २०२० : आउनुस प्युठान घुमौ

सलिम अन्सारी, प्युठान। प्राकृतिक छटाहरुले धनी छ प्युठान।  न गर्मी न जाडोको जलवायु । पहाडी भु भाग चारैतिर हरियाली । पुर्बी रुकुममा सिस्ने हिमाल अनि रोल्पाको जलजला हिमाल । अर्घाखाचीको सुपादेउराली अनि गुल्मीको रिडी र रेसुंगा,छन काखमा । देशकै अग्लो त्रिशुलले चिनाउने दाङको धरापानी मन्दिर र ठुलो उपत्यका भएको दाङ । यीनै पर्यटकिय गन्तव्यलाई काखी चाप्दै  स्वर्गद्धारीलाई शीरमा राखेर प्यूठानले आफ्नो शान्दार पहिचान दिइरहेको छ।

भौगोलिक विविधता जस्तै जातिय, भाषिक एवम् सास्कृतिक, विविधता धार्मिक एवम् प्राकृतिक सम्पदाले धनि छ प्युठान । जसले धार्मिक पर्यटनको ठुलो सम्भावना वोकेको छ । सदाबहार बगिरहने ठुला दुई झिमरुक र राप्ती नदि । झिमरुक नदिले बनाएको समथर भुमी साच्चिकै लोभलाग्दो छ । धान, गहुँ, मकै जस्ता अन्नबाली यहाँ फल्छन ।अग्ला पहाडी श्रृखला, सयौ मठमन्दिर, दह पोखरी र प्राकृतीक गुफाहरु रहेको यो जिल्लामा बाइसी चौबिसे राज्यका दरवार समेत रहेका छन।

स्वर्गद्धारी

घुम्न जाने कुरा गर्दा धेरैले रुचाउने ठाउँ हो, स्वर्गद्धारी । पाँच पाण्डवहरु प्यूठानको स्वर्गद्धारी हुँदै स्वर्ग गएको जनविश्वासका कारण त्यसलाई स्वर्गद्धारी भन्ने गरिएको हो । ताल, गुफा र नजिकबाट हिमालको दृश्यावलोकन यहाँका आकर्षण हुन् । प्युठानको महत्व स्वर्गद्धारीले बताउँछ। यस्को चर्चा विशेष नेपालमा भन्दा भारतमा बढी छ। बर्षेनी १ लाख  बढी भारतीय भक्तजनहरु स्वर्गद्धारी पुग्ने गर्दछन्।स्वर्गद्धारी पुग्नेहरुको मनोकाक्षा पुरा हुने विश्वास छ । स्वर्गद्धारी आश्रम महाप्रभुसँग जोडिएको छ । महाप्रभु अर्थात रोल्पा रुन्टीम जन्मेका हंशानन्द गिरीले विश्व कल्याणका लागि भन्दै अखण्ड धुनी सुरु गरेको स्थल हो स्वर्गद्धारी । १९५२ मा सुरु भएको त्यो अखण्ड ज्वाला अहिले सम्म बलिरहेको विश्वास स्वर्गद्धारीसंग छ। अग्नि कुण्ड यहाको मुख्य विशेषता हो ।महाप्रभुले सुरु गरेको त्यो अखण्ड धुनीको आगोको दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास छ।स्वर्गद्धारीको अर्को बिशेषता भनेको त्यहाँको गाईपालन हो । यहि आश्रममा संस्कृत शिक्षालय छ जहाँ देशका विभिन्न स्थानबाट आउने ‘बटुक’हरुलाई अध्यापन गराईन्छ ।

गौमुखी

प्युठान जाँदा घुम्न बिर्सनै नहुने ठाउँ हो गौमुखी।, एक–दुई दिनको भ्रमण तालिका बनाएर छोटो अवधिका लागि घुम्न जान चाहनुहुन्छ भने  उपयुक्त गन्तव्य हुन सक्छ ।भीर, पहरा, छाँगा र छहराको संयोग । वसन्त र शरद ऋृतुमा गुराँस र अनेकौ फुलहरुले राताम्मे हुने जैविक विविधता बाइसमुलमा मलेवा चराको अदभुत प्रदर्शन । बाईसमुल झरनाको छङछङ सुस्केरा । सूर्योदयको बिहानीको दृश्य । सधैं कञ्चन जलाधारहरुले लुकामारी खेलिरहने गौमुखी क्षेत्र साच्चिकै अप्सरा जस्तो छ । जुन प्रकृतीमा रम्नेहरुका लागि स्वर्ग नै हो । तर, उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पहिलो पटक पुग्नेहरु त गौमुखी मै रमिरहन्छन् । प्रकृति र मनोरम दृश्यसँग अल्मलिरहन्छन् र फर्किएपछि पनि मनमा गौमुखी बोकिरहन्छन् । झिमरुक नदीको उद्गमस्थल गौमुखीमा माघ १ मा नुहाउन ठूलो मेला लाग्छ । गौमुखी क्षेत्र प्राकृतिक सौन्दर्यले धनी छ । ओखरकोटको सूर्योदय, टापुबाट देखिने हिमशृखलाको अवलोकन, मगर समुदायको साँस्कृतिक जीवनशैली र जीवन कलाले पाहुनाहरुलाई सजिलै आकर्षित गर्छन।
ओखरकोटको रक गार्डेन, ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेशी, बाढिकोटको गढिकोट, पुजाको तामाखानी, लिवाङको स्नाथान, दियाल्नाचौर, तुषाराकोट, खुङ्का गुफाहरु रजवाराको मगर संस्कृती, बाङ्गेमरोठको कौछेको राजनीतिक स्थानको महत्व उस्तै छ।बिविध जातजातिको संगमस्थल गौमुखीका मुख्य आकर्षण हुन् । जनजातिहरुको मौलिक संस्कृती कतै जीवन्त छ भने त्यो उपल्लो प्युठानको गौमुखीमा छ। गौमुखीका खासबिशेषता र आकर्षण पनि यीनै कलाकौशल, भेषभुषा र संस्कृती हुन्।गौमुखी मगर समुदायहरुको थातथलो हो । स्थानीय कला संस्कृती र खानपानमा रमाउँदै अध्यन अवलोलन गर्ने रुचाउनेहरु यहाँ पुग्छन । अर्खाको ठूलाचौरसम्म यातायात पुगेकाले झण्डै ३ घण्टा हिडेर गौमुखी पुग्न सकिन्छ । प्यूठानको बाग्दुलाबाट ३४ किलोमिटरको दुरीमा छ गौमुखी । काठमाडौंबाट दाङको भालुवाङ हुँदै प्युठानको बाग्दुला ठूलाबेशी पुगिन्छ । यहाँबाट करिब ४० किलोमिटर दुरीको गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ । ठूलाचौरबाट झन्डै पौने एक घण्टा पैदल यात्रापछि गौमुखी मन्दिरमा पुग्न सकिन्छ । प्युठानको स्वर्गद्धारी दर्शन गरेर पनि गौमुखी पुग्न सकिन्छ । ढाँडबाट इस्नाथान, मुर्चुललेक र लाँलीगुरास रंगशाला हेरेर दहीहाल्नाबाट डाँडैडाँड हिमाल हेर्दै पूजा–डाडाँकटेरी हुँदै दलित होमस्टे बाग्लिबाङ पुगिन्छ । पूजा तामाखानी हुँदै रजबारा कालेपुनको घाँटी, झाँक्री ढुंगा तिखाचुली लेकको भेडीगोठसम्मको पदमार्गबाट गौमुुखी पुग्न सकिन्छ । अर्खा ठूलाचौर मगर होमस्टेमा बास बसेपछि एक साताको प्याकेजमा यो पदमार्गमा यात्रा पूरा गर्न सकिने रतिमान राना बताउँछन् ।

ऐरावती
प्युठान र अर्घाखांचिको सिमानामा ऐरावती पर्दछ । ऐरावती १ मा पर्ने ऐरावती धार्मीक पर्यटकियस्थल हो । ऐरावती प्राकृतिक, जैविक र सांस्कृतिक हिसावले समेत मनोरम तिर्थस्थल हो । ऐरावतीमा रहेको अमरेश्वर महादेबको मन्दिर ऐतिहासिक हो । जुन स्थानमा सतीदेबीको अगं पतन भएको मानिन्छ । ऐरावतीमा स्नान गर्नाले पुण्य कमाईने बैकुण्ठ धाम जान सकिने जन बिश्वास छ ।
ऐरावतीमा आजभोली पर्यटकहरु को लागि जैविक विविधता अध्यनको गन्तब्य बनेको छ । प्युठान, अर्घाखाँची र दाङ जिल्लाका मानिसहरु बनभोज र मनोरन्जनका लागि पनि ऐरावती पुग्ने गरेका छन् । भालुवाङ–प्युठानको सडक खण्डको २४ कि.मीं. मा पर्ने बडडाडाँ देखि ऐरावती करिव २२ किलोमिटरको दुरीमा पर्दछ । बडडाँडा देखि ग्रामिण कच्ची सडक ग्राभेल भएकोले बर्षामा भने ऐरावती पुग्न अब कुनै समस्या छैन । बडडाडाँ बजारबाट कास्कोट, हँसपुर दुमहि हुदैँ ऐरावती सममको यात्रामा वरपर प्राकृतिक वातावरणले पर्यटक रमाउने गर्दछन । जीपमा १ घन्टाको यात्रामा झिमरुक र माडी मिसिएको ठाउँ ऐरावती पुग्न सकिन्छ ।बडडाँडाबाट ऐरावती जादा   सरुमारानी गाउँपालिकाको वाडनं. ४ मा ढुङेगढी पर्दछ । बडडाँडा बजारबाट करिव आधा घन्टा पैदल यात्रामा पुगिने ढुङेगढी भुरेटाकुरे राजाहरुको पालामा प्युठानका भित्रीकोटे राजाहरु हिउदको बेलामा शासन चलाउने थलो थियो । यो ठाउँ अहिले भग्नावशेष मात्र बाकी छ । त्यहा भएका ऐतिहासिक महत्वका बस्तुहरु हराएका छन । स्थानीय बासिन्दाहरुको संरक्षण हुन नसक्दा ढुङेगढी दरवारका ढुङगा समेत स्थानीयहरुले प्रयोगमा ल्याएका छन । तर पनि ढुङगेगढी पर्यटकहरुको लागी प्राकृतिक र ऐतिहासिक स्थल बनेको छ । ढुङेगढी पुगेपछि जो कोहि पर्यटकहरु एकैछिन सुन्य आकासमा हराएको भान हुन्छ । ढुङेगढीको भग्नावशेष दरवार परिसरबाट अर्घाखाँचीको जलुकेका लौरी सिद्धारा, रातामाटा, लामाताल लगायत सुन्दर गाउँ र बस्तीहरु, राप्ती नदीको नागवेली आकार,प्युठानको बाग्लेसालको समथर बस्ती दृष्यावलोकन गर्न सकिन्छ । ढुङेगढीबाट उत्तर तर्फ फर्केर हेर्ने हो भने दाङवाङ, धुवाङ, वरौला, पकलाको दक्षिण भूभागका गाउँ र सुन्दर डाँडाकाडा समेत देख्न सकिन्छ । दरबार मुनि रानिकुवा छ। बड्डडाडाबाट बागेखोला हुँदै किमिचौर दह पुग्न सकिन्छ। सरुमारानि लेकको काखमा रहेको यो दह सरुमारानिकै पहिचान हो। सरुमारानी गाउपालिकाले पर्यटकिय गुरुयोजना बनाएर अघि बढ्न थालेको छ। भालुवाङबाट ऐरावती पुग्नको लागी बडडाँडा नपुगेर पनि जान सकिन्छ । कतिपय पर्यटकहरु यहि बाटो भएर जान रुचाउछन । भालुवाङ–प्युठान सडकको १२ कि.मी. मा पर्ने दरबानबाट बाग्गेसाल हुदै ऐरावती पुग्न सकिन्छ । दरबान देखि ७ कि.मी को यात्रामा बाग्गेसाल–लामाताल– कालिवन हुदै झिलिवाङ सम्म आफ्नो साधन हुनेले मोटरमा पुग्न सकिन्छ । झिलवाङबाट करिव २ घन्टाको पैदल यात्रामा ऐरावती पुगिन्छ । आजभोली अर्घाखाँची र प्युठान पनि सडकले जोडिएको छ ।

बुटवल तीरबाट सुपादेउराली दर्शन गर्न जाने धार्मींक पर्यटकहरु मोटर मार्गबाटनै ऐरावती पुग्न सक्दछन। अर्घाखाँचीको ठाडा–जुकेना–सानाढुमरे हुदै प्युठानको माझीदमार सम्म हिउदमा जीप चल्छ। ऐरावती क्षेत्रको भ्रमणले पर्यटकहरुले केवल धार्मीक र ऐतिहासिक मात्र नभएर जैविक विविधता र पर्यावरण संम्वन्धी धेरै जानकारी लिन सक्दछन । ऐरावतीमा मिसिन आउने झिमरुक र माडी खोलाको बारेमा अध्यन गर्न सक्दछन । ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP