Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल कैलाश पर्वतका यस्ता छन् रहस्यहरू

 कैलाश पर्वतलाई भगवान शिवको निवास मानिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैला पर्वत एक रहस्यमयी पर्वत हो जसमा आजपनि धेरै राज जोडिएको छ ।

कैलाश पर्वतलाई धर्तीको केन्द्र नि मान्ने गरिएको छ । मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने हिन्दूहरुको मान्यता रहेको छ । त्यसैले पनि जीवनमा एकपटक कैलाश मान सरोवरमा जानैपर्ने हिन्दूहरुको धार्मिक मान्यता रहेको छ ।

कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । तथा हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल । पोखरीले घेरिएको कैलाश पर्वत्को महत्व यसले झनै बढाएको छ ।

प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व झनै बढेर गएको छ ।

चार धर्मको तीर्थस्थल

कैलाश मान सरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो । तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाईलामा कैलाशको यात्रा गरेका थिए ।

कैलाश क्षेत्र

यस क्षेत्रलाई स्वयम्भू भनिन्छ । वैज्ञानिक मान्यता त यो छ कि भारतीय उपमहाद्वीपको पहिलो समुद्र रहेको मानिन्छ । यसको रसियाको भूमिदेखि हिमालयको सुरुवात भएको थियो भन्ने छ । यो घटना १० करोड वर्ष पहिले घटेको थियो ।

भारत तथा चीनका नदीहरुको उद्भव स्थल

कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट सुरु हुन्छ ।

कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।

मृत्युको यात्रा

स्वर्ग जस्तो यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP