Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्रदेश ५ को संसद अधिवेशन माघ ५ मा

प्रदेश ५ को हिउँदे संसद अधिवेशन आगामी माघ ५ गतेलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १ सय ८३ को उपधारा १ बमोजिम माघ ५ गतेका लागि बैठकको आह्वान गरेका हुन् । सबैको चासो र पेचिलो बिषय बनेको प्रदेशको नाम र स्थायी राजधानीको विषय पनि पाँचौं अधिवेशनले तोक्ने बताइएको छ ।

नेकपा भित्रको आन्तरीक किचलोले जटिल बन्दै गएको प्रदेशको स्थायी राजधानी र नामाकरण तोक्न नसक्दा प्रदेश सरकार आलोचित मात्रै भएको छैन गरेका केही राम्रा काम पनि ओझेलमा परेका छन् । प्रदेशको स्थायी राजधानी तथा नामाकरण सिफारिस गर्न बनेको विशेष समितिले प्रदेशको नाम लुम्बिनी र राजधानीको लागि रुपन्देहीको सैनामैनासँगै दाङ र कपिलवस्तु गरी तीन वटा स्थान सिफारिस गरिसकेको छ ।

प्रदेशको नाम र राजधानी सिफारिस गरिएको प्रतिवेदन सभामुख पूर्ण बहादुर घर्तीसामू बुझाइसकिएको छ । सोही प्रतिवेदनलाई यो अधिवेशनमा खुला गरेर छलफलसमेत गर्ने बताइएको छ । अरु विधेयकहरु पनि प्रदेश सरकारले तयार परेकाले सदनले काम पाउने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP