Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भुक्तानी माग गर्दै उखु किसानद्वारा महालक्ष्मी सुगर मिलमा तालाबन्दी

सर्लाही – उखुको भुक्तानी माग गर्दै सर्लाहीका उखु किसानले गोडैतामा रहेको महालक्ष्मी सुगर मिलमा तालाबन्दी गरेका छन् ।

अघिल्लाे वर्षको २१ करोड बक्यौता रकम तत्कालै भुक्तानी नगरेसम्म मिल चल्न नदिने उखु किसान मुकेश ठाकुरले जानकारी दिनुभयो । बिहीबार दिउँसो उद्याेग परिसरमा जम्मा भएका किसानहरुले आउँदाे सोमबारसम्म पनि बक्यौता रकम भुक्तानी नगरे अनिश्चितकालको लागि तालाबन्दी गरेर थप संर्घषका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

बक्यौता रकम भुक्तानी गर्न आफूहरुले पटक पटक आग्रह गर्दासमेत उद्योग सञ्चालक वीरेन्द्र कनोडियाले वेवास्ता गरेका कारण मिलमा तालाबन्दी गर्नुपरेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र राय यादवले बताउनु भयो।

उखु किसानहरुले उद्योगसँग २१ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए पनि उद्योग सचालक कनोडियाले भने किसानलाइ १६ करोड रुपैयाँ मात्र  भुक्तानी गर्न बाँकी रहेको दावी गर्नुभएको छ ।

उखु किसानहरुले बाँकी रहेको १६ करोड रकम लिन तयार भए आउँदाे सोमबारसम्ममा सबै भुक्तानी गरिदिने कनोडियाले आश्वासन दिनुभयो । गएकाे वर्षबाट क्रसिङ सुरु गरेको उद्याेगले पहिलो वर्षमा नै यसरी भुक्तानी नदिँदा किसानहरु मर्कामा परेका छन्।

सरकारले उखु बालीलाई नगदे बाली घोषणा गरेको भए पनि एक वर्षसम्ममा भुक्तानी नपाउँदा घर खर्च टार्न मुस्किल परेको किसान रामनरेश रायले गुनासो गर्नुभयो। त्यसैगरी सर्लाहीको पश्चिम धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले पनि किसानको तीन वर्षदेखिको ५१ करोड बक्यौता रकम भुक्तानी गर्न नसकेकाले अहिलेसम्म मिल सञ्चालन हुन सकेको छैन।

सर्लाहीको इन्दुशंकर चिनी काररखानाले भने एक साता अघिबाट याे सिजनका लागि क्रसिङ सुरू गरेको उद्याेगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो। सर्लाहीमा यस वर्ष २६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP