Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तुकी विमला घिमिरे राष्ट्रिय सभाकी उम्मेदवार

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की केन्द्रिय सदस्य तथा कपिलवस्तु सह–इन्चार्ज विमला घिमिरे राष्ट्रिय सभाको उम्मेदवार बनेकि छिन । नेकपा सचिवालय बैठकले प्रदेश नं। ५ को महिला कोटाबाट घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कपिलवस्तु निवासी घिमिरे ०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित बनेकी थिइन ।
घिमिरेसंग प्रदेश नं। ५ मा अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई उम्मेदवार बनेका छन । यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सातै प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार छनौट गरेको छ ।

प्रदेश १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी

प्रदेश २
तुलसा दाहाल
राधेश्याम पासवान

प्रदेश ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल

गण्डकी प्रदेश
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा

कर्णाली प्रदेश
सुमित्रा बिसी
मायाप्रसाद आचार्य

सुदूरपश्चिम प्रदेश
तारामान स्वाँर
शारदा भट्ट

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ ।
यो निर्वाचनमा प्रदेश सांसद, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP