Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मुस्ताङमा हिमपात : जोमसोम विमानस्थल अवरुद्ध, खानेपानीको धारामा पानी जम्यो

मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङमा बिहीबार रातिदेखि हिमपात भइरहेकेा छ । मौसम बदलीसँगै बढेको चिसोका कारण रातिदेखि हिउँ पर्न सुरु गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । अहिले पनि मुस्ताङमा हिमपात भइरहेको छ । 

मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम जोमसोममा मात्रै अहिले झण्डै एक फिटसम्म हिउँ जमेको छ ।

यसैगरी हिमपात र वर्षाका कारण जोमसोम विमानस्थलमा विमानले उडान भर्न सकेका छैनन् भने मौसम प्रतिकूल बनेपछि हवाई मार्गसमेत प्रभावित भएको छ ।

यसैगरी मुक्तिनाथ क्षेत्रमा डेढ फिटसम्म हिउँ जमेको छ ।  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छासेर, छोन्हुप र लोमान्थाङलगायत क्षेत्रमा दुई फिटभन्दा माथि हिउँ जमेको जानकारी आएको मुस्ताङका प्रजिअ अर्यालले बताउनुभयो ।

हिमपातका कारण मुस्ताङका खानेपानीको धारामा पानी जमेको छ भने सदरमुकाम जोमसोमको तापक्रम अहिले माइनस सात डिग्री सेल्सियसमा पुगेको उहाँले जानकारी दिनुभयो ।

माथिल्लो क्षेत्रमा समेत तापक्रम क्रमशः माइनसतर्फ झर्दै गइरहेको बताइएको छ । हिमपातसँगै अत्याधिक चिसो बढेको र धाराको पानी जमेपछि स्थानीयलाई समस्या भएको छ ।

हिमपातले मुस्ताङका डाँडाकाँडाहरु यतिबेला सेताम्य भएका छन् । मुस्ताङको कोबाङ र घाँसा क्षेत्रमा पानी परिरहेको भए पनि अन्य सबै क्षेत्रमा भने हिमपात भैरहेको स्थानीयले बताएका छन् । हिउँ परेका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छ्र्रैनन् । वर्षा र हिमपातले चिसो बढेपछि स्थानीयवासी घरभित्रै आगो तापेर बसेका छन् ।

त्यस्तै हिमाली जिल्ला मनाङको थोरङ्लापास क्षेत्र र म्याग्दीको दाना हुँदै घाँसा भएर मुस्ताङ भित्रिने स्वदेशी र विदेशी पर्यटकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको प्रजिअ अर्यालले बताउनुभयो ।

हिमपात र वर्षाका कारण पर्यटक, यात्रु तथा सर्वसाधारणलाई समेत टाढाको यात्रामा ननिस्कन सुझाव दिइएको छ । भारी हिमपात र वर्षाका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । 

यसैबीच हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, मुना लगायतका क्षेत्रमा हिमपात भैरहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रालेक, नाघी, पर्यटकीय स्थल घोरेपानी, महरेडाँडा, रघुगंगा गाउँपालिकाको कुईनेमङ्गले, चिमखोला, पाखापानी, रायखोर तथा पर्यटकीय क्षेत्र रुईसे क्षेत्रमा पनि हिमपात भैरहेको स्थानीयवासीले बताएका छन् ।
 
म्याग्दीको उच्च लेकाली क्षेत्रका अधिकांश ठाउँहरुमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा भने बिहानैदेखि पानी परिरहेको छ । हिमपात र वर्षाका कारण चिसो बढ्दै गैरहेकाले स्थानीयवासी घरभित्रै बस्न बाध्य बनेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP