Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण प्रभावित

काठमाण्डाै – वर्षाका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् ।

वर्षासँगै मौसम धुुम्मिएकाले आन्तरिक र बाह्य उडान अवतरण प्रभावित भएका विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ केहीबेर कुनै उडान र अवतरण हुन सकेको थिएन भने बाह्य उडानका विमानलाई डाइभर्ट गरिएको थियाे ।

एयर चाइनालाई छेन्दु, थाई एयरवेजलाई कलकत्ता, कतार एयरवेज र चाइना सदनलाई ढाका र सिचुवानका विमानलाई लासामा डाईभर्ट गरिएको छ । अहिले पनि अवतरणकाे पर्खाइमा केही जहाज आकाशमा घुमिरहेका छन् । उडानका लागि कम्तीमा पनि भिजिबिलिटी १३ सय मिटर आवश्यक पर्छ । तर केहीबेर भिजिबिलिटी ८ सय मिटर मात्रै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साना विमानका लागि १३ सयदेखि माथि र ठूला विमान उडान अवतरणका लागि दुई हजार मिटर भन्दा माथिको भिजिविलिटी आवश्यक पर्छ । 

अहिले भर्खरै भने माैसममा सुधार भएका कारण उडान र अवतरण सुरु भएकाे विमानस्थलले जनाएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP