Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कार्यान्वयनमा आएन सिञ्जाको १० वर्षे पर्यटकीय गुरुयोजना

जाजरकोट – जाजरकोटको सदरमुकाम सिञ्जामा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उदेश्यसहित तयार पारिएको १० वर्षीय गुरुयोजना कार्यान्वयनमा आउन सकेको छैन । 

पर्यटन प्रवर्द्धन र आधुनिक विकास लागि तत्कालीन जिल्ला विकास समितिले तयार पारेको गुरुयोजना कार्यान्वयनमा आउन नसकेको हो । सिञ्जा क्षेत्रको विकासको लागि जुम्ला सामाजिक विकास केन्द्रले २०६५ सालमा गुरुयोजना निर्माण गरेर समितिलाई हस्तान्तरण गरेको थियो । केन्द्रका अध्यक्ष भक्तबहादुर बोगटीले गुरुयोजना कार्यन्वयनमा नआउनु विडम्बनाको कुरा भएको बताउनुभयाे

गुरुयोजनामा तीन सय चार ओटा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ । तर सन् २०१२ देखि २०२२ सम्म कार्यान्वयन हुनुपर्ने भए पनि सरकारी निकायले भने कुनै चासो देखाएको छैन । 

गुरुयोजनामा सिञ्जा क्षेत्रमा चारलेन सडक निर्माण गर्नुका साथै तटबन्ध, संग्रहालय निर्माण गर्ने, ओझेलमा परेका मठमन्दिर व्यवस्थित गर्ने, स्नातकोत्तर तहको कलेज स्थापना गर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ । 

यहाँका कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफाको गरुड नुहाउने मन्दिर, वाणगंगा मन्दिर आदि पवित्र तीर्थस्थलकाे रुपमा चिनिन्छन् । अंग्रेजीमा तयार भएको गुरुयोजनालाई नेपालीकरण गर्नुपर्ने स्थानीयको माग छ ।

स्पष्ट गुरुयोजनाको काम अगाडि नबढेपछि सिंञ्जामा बोलिने भाषा, सभ्यता तथा पर्यटकीय स्थलहरु संकटमा पर्दै गएकाे भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP