Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी

गुल्मी – गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ । नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन । शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ । जसले गर्दा बिरामीहरूलाई निकै समस्या पर्ने गरेको छ । 

यो समस्या गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले खेप्दै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको दुई वर्ष भइसक्दा पनि जनप्रतिनिधिले आफ्ना नागरिकका लागि एम्बुलेन्स खरिद गर्न सकेका छैनन् । 

सत्यवती गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सातवटा स्वास्थ्य चौकी र छ वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी कूल १४ वटा स्वास्थ्य संस्था छन् । तर तीमध्ये कुनैमा पनि एम्बुलेन्स नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले बताउनुभयो ।

कोही बिरामी परे ‘लोकल’ गाडीमा बढी भाडा तिरेर पठाउनुपर्ने बाध्यता रहेको रानाले सुनाउनुभयो । अधिकांश बिरामीहरू स्थानीय गाडीमा जाने र अत्यावश्यक परे मजुवा तथा शान्तिपुरबाट एम्बुलेन्स बोलाउने गरिएको उहाँले जानकारी दिनुभयो । 

जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र जिल्लाकै उत्कृष्ठ स्वास्थ्य केन्द्रअन्तर्गत पर्दछ । जिल्लामै पहिलो पटक सर्पदंशको जाँच तथा डेङ्युको परीक्षण जुहाङ्गमा हुन्छ । त्यसका साथै ५८ प्रकारका निःशुल्क तथा अन्य सःशुल्क गरी झण्डै ८० प्रकारका सेवा केन्द्रले प्रदान गर्छ तर हालसम्म पनि संस्थाको एम्बुलेन्स नहुँदा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।

“गाउँपालिका र मन्त्रालयमा धेरै पटक धाएँ, तर उपलब्धि शून्य छ ।” केन्द्रकी प्रमुख डा शिला ढकालले भन्नुभयो, “गाउँबाट केन्द्रसम्म ल्याउने र यहाँबाट रिफर गर्नुपर्ने बिरामीलाई निकै समस्या परेको छ ।”

सत्यवती गाउँपालिकाले गत आर्थिक वर्षमा लु१झ ४३९ नम्बरको डबल क्यापसहितको स्कार्पियो किन्यो । कुल रु ४० लाख एक हजार १७२ मा किनेको एसीसहितको स्कार्पियोमा गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललगायत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले रजाई गर्छन् तर जनताको करबाट नेतालाई गाडी किन्दा नागरिकलाई भने एम्बुलेन्ससम्म पनि खरिद गरिएको छैन । 

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष ढकालले गत वर्ष एम्बुलेन्सको लागि गाउँपालिकाले १२ लाख छुट्याए पनि महेन्द्र कम्पनीको एम्बुलेन्स बन्द भएको कारण ल्याउन नपाएको बताउनुभयो । “पहाडी संरचनाले गर्दा अन्य गाडी चल्दैनन्, भएका दुईवटा टाटा कम्पनीका एम्बुलेन्स काम नलाग्ने भए ।” उहाँले भन्नुभयो, “बलियो गाडी खोज्दा ढिलाइ भएको छ ।”

यो वर्ष प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन दिएकोले एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले रु छ लाख विनियोजन गरेको ढकालले बताउनुभयो । तर, प्रदेशले सहयोग नगरेको खण्डमा अन्य आयोजनाको रकमबाट रकमान्तर गरेरै भए पनि यो वर्ष एम्बुलेन्स किन्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP