Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गोही पाइने धार्मिक दहको संरक्षण गर्न मेला आयोजना

माधव बेल्वासे
चन्द्रौटा,२५ पुष
गोही पाइने धार्मिक दहको संरक्षण तथा पर्यटकिय रुपमा प्रवर्धन गर्न छैठौं बराहदह माघी एवम् सांस्कृतिक मेला आयोजना हुने भएको छ । पूर्व पश्चिम सडक दाङ जिल्लाको धानखोला देखि करिब १० किलोमिटर उत्तरमा पर्ने अर्घाखाँचीको ठाडाखोला र लामिदमारको बीचबाट बग्ने मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित दह छ । किवदन्ति भनाई अनुसार दहमा बराह देवताको शक्ति रहेकोले त्यस दहको नाम बराहदह रहेको विश्वास गरिन्छ । दहमा स्नान गरी बराह भगवानसगँ बर मागेमा वा भाकल गरेमा सन्तान हुने, सोंचेको पुग्ने, पाप नष्ट एवम् रोगव्याधी निको हुने विश्वास गरिन्छ ।
धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् । माघ १ गतेका दिन बिहानै देखि दर्शालु भक्तजनको घुइँचो लाग्ने गदर्छ । धार्मिक महत्व बोकेको यस दहलाई धार्मिक एवम् पर्यटकिय रुपमा विकास एवम् प्रवर्धन गर्न विगत ५ वर्ष अगाडि देखि औपचारीक रुपमा बराहदह मेलाको आयोजना गरिदै आएको छ ।
दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै पक्ष लाग्नु पर्ने शितगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष भिम केसीले बताउनु भयो । दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार र प्रवर्धनको लागि यस वर्ष पनि सभ्य र भव्य रुपमा छैठौं बराहदह माघि एवम् सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको केसीले बताउनुभयो । कार्यक्रम सफल बनाउन स्थानिय क्षेत्रमा सकृय दुई सामाजिक संस्था प्रगतिशिल युवा क्लब र उज्यालो सामाजिक विकास संस्थालाई जिम्मेवारी दिएको उहाँले जनाउनुभयो ।
जिल्लामा गोही पाइने एक मात्र क्षेत्र भएपनि प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेकोले यस क्षेत्रको विकास तथा प्रचार प्रसारको लागि सरोकारवाला निकाय लगाएत विभिन्न संचार माध्यमहरु लाग्नु पर्ने अभियान कर्मी गणेश बेल्बासेले बताउनुभयो । “यहि मेलाको प्रचार प्रसार गर्न मेला आयोजना गरेका छौँ,दर्शकहरुको सहभागीताले धार्मिक गन्तव्य बन्ने विश्वास छ” उहाँले भन्नुभयो । मेला आगामी माघ १ र २ गते आयोजना हुनेछ । उक्त मेलामा पुर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी लगाएत प्रदेश सांसदहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP