Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

माघ ७ गतेभित्र सरकारी अनुदानकाे रकम उपलब्ध नगराए आन्दाेलन गर्छाैँ : सर्लाहीका उखु किसान

सर्लाही – सर्लाहीका उखु किसानहरुले सरकारी अनुदानको रकम तत्कालै उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

नेपाल उखु उत्पादक महासङ्घलगायतका विभिन्न उखु किसान सम्बद्ध सङ्घ–सङ्गठनले गएको ‘क्रसिङ सिजन’ को सरकारी अनुदान माघ ७ गतेसम्म उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारले उखु किसानलाई अनुदान बापतको ६५ रुपैयाँ २८ पैसा दिनुपर्नेमा अहिलेसम्म नदिएकाले सरकालाई अनुदानको रकम भुक्तानी गर्न समयसीमा दिइएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनु भयो। किसानले उखु बिक्री गरेको एक वर्ष बितिसक्दा पनि सरकारले विभिन्न कारण देखाएर अहिलेसम्म अनुदानको रकम भुक्तानी दिएको छैन ।

तराईका २२ जिल्लाका उखु किसानलाई अनुदानको रकम दिन अर्थ मन्त्रालयले एक अर्ब ३२ करोड पठाउनु पर्नेमा ९१ करोड मात्र पठाएको छ । अर्थ मन्त्रालयले किसानलाई अनुदान बापत झण्डै ४५ करोड रुपैयाँ निकासा गर्नु पर्ने बताएको छ ।

अर्थ मन्त्रालयले सर्लाहीका किसानलाई अनुदान दिन ३६ करोड १२ लाख २१ हजार रुपैयाँ पठाउनु पर्नेमा २४ करोड ८८ लाख ३४ हजार रुपैयाँमात्र पठाएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका नियन्त्रक जगत थपलियाले जानकारी दिनुभयो । सरकारले गएकाे वर्षको एक करोड ४० लाख रुपैयाँ अनुदान पनि भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

उखु किसानलाई अनुदानको रकम दिन मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि झन्झटिलो भएका कारण किसानले सहज अनुदान पाउन नसकेको किसानहरुको गुनासाे छ ।

सरकारको कार्यविधिअनुसार उखु किसानले रकम भुक्तानी माग गर्न आए अनुदानको रकम उपलब्ध गराउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिनुभयो । अनुदानको रकम लिन जग्गाको लालपूर्जा, चार र किल्ला प्रमाणित पालिकाकाे सिफारिस चाहिने उहाँले बताउनु भयो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीमा इन्दुशंकर चिनी कारखाना हरिवन, अन्नपुर्ण सुगर मिल धनकौल र महालक्ष्मी सुगर मिल बगदहको मात्र अनुदान रकम आएको छ ।

यस वर्ष पनि सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरी त्यसमध्ये ६५ रुपैयाँ २८ पैसा सरकारले अनुदान दिने व्यवस्था गरेको छ । सरकारले अनुदान दिने रकमबाहेक चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा भुक्तानी गर्नु पर्ने छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP