Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्युठान ऐरावतीमा माघी मेलाकाे तयारी सम्पन्न ।

सागर रिजाल
प्युठान,२७ पुस ।
ऐरावती प्युठानमा रहेका विभिन्न धार्मिक स्थल मध्यको एक गन्तव्य हो । झिमरुक र माडी नदीको संगम स्थल ऐरावती हो । जुन ठाउँबाट यस गाउँपालिकाको नामाकरण समेत गरिएको छ । उक्त स्थान गाउँपालिकाको वडा नं १ मा पर्दछ । सरुमारानी गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको संग जोडिएको ठाउँ ऐरावती हो । ऐरावतीलाई किवदन्ती अनुसार स्वर्ग बाट अप्सराहरु ऐरावत हात्तिमा सवार गरि पवित्र जल भएको स्थानमा स्नान गर्न आउने र स्नान गरिसकेपछि सोही हात्तिमा प्युठानको स्वर्गद्धारीको बाटो हुदै स्वर्ग प्रस्थान गर्ने स्थान भनेर चिनीन्छ । सोही अनुसार स्वर्गद्धारी र ऐरावतीको नजीकको सम्बन्ध रहेको पाईन्छ ।
किवदन्ती अनुसार देवगणहरु ऐरावत हात्तिमा सवार गरि स्नान गर्न आउने गरेको र केहि दिनको बसाईको क्रममा उक्त हात्ति बिरामी परि सोही स्थानमा अवसान भएपछि स्वर्ग फर्कने क्रममा स्वर्गद्धारीको बाटो हुदै देवगणहरु स्वर्ग पुगेको भनाई रहेको छ । पछि ऐरावतीमा अर्घाखाँचीबाट एकजना व्यक्ति मोक्ष प्राप्तीका लागि भन्दै आफ्ना सम्पूर्ण परिवार त्यागेर ऐरावती स्थलमा कुटी निमार्ण गरि बसेको पाईन्छ । र सोही स्थानमा मृत्युवरण भएको खण्ड सिद्धि प्राप्ती हुने विश्वासका साथ उनी दुई नदीको संगल स्थल, चारैतिर घना जंगल भएको ठाउँमा एक्लै बसेका थिए । सोही क्रममा दुबै नदी चारैतिर विनास गर्दै उर्लिएर आएको अवस्थामा उक्त व्यक्तिले नदी आउ मलाई बगाउ भन्दै किनारमा बस्दा पनि उर्लीएको पानीले उनलाई छुनै नसकेको किबदन्ती पाईन्छ। त्यसपछि उनी सोही स्थानमा विवाह गरि बसेको पाईन्छ ।

हाँल उक्त स्थानलाई गाउँपालिकाले आफ्नो क्षेत्रको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा लिदै आएको छ । यस स्थानमा प्रत्येक वर्ष पुस मसन्ताको रातमा सांस्कृतिक कार्यक्रम र माघ १ गते विहानै सम्पूर्ण श्रदालु भक्तजनहरुले स्नान गरि घरघर फर्कने गर्दछन् । सोही क्रममा यस वर्ष पनि सांस्कृतिक कार्यक्रम हुने वडा अध्यक्ष द्रोणप्रसाद पाण्डेले बताए । कार्यक्रममा सदाका जस्तै यस वर्ष पनि सोरठी नाच, भैलो, लोकगित, भजनक्रितन हुने वडा अध्यक्ष पाण्डेले बताए । सांस्कृतिक कार्यक्रममा सहभागी भएका समुहलाई गाउँपालिकाले सम्मान स्वरुप केहि रकम दिने छ । उक्त स्थानमा प्युठान संगै दाङ, अर्घाखाँची, कपिलबस्तु लगाएत स्थानका व्यक्तिहरु आउने गर्दछन् । यो भन्दा अघिल्लो वर्ष करिब तीन हजार मानिस ऐरावतीमा पुगेका थिए । रातभर सांस्कृतिक कार्यक्रम गर्ने र माघेसक्रान्तिको दिन दोभानमा नुहाउने गरिन्छ ।
ऐरावती नदीमा स्नान गरेमा आफ्नो जीवनकालमा भुलबु गरेका सम्पूर्ण दोषहरु नाश हुने जनविश्वास छ । यस क्षेत्रको व्यवस्थापनका लागि स्थानिय सरकार भएको पहिलो वर्षमा रु ५ लाख, अघिल्लो वर्षका एक लाख ५० हजार र यस आर्थिक वर्षमा पनि एक लाख रुपिँया बजेट विनियोजन गरिएको छ ।
कसरी पुग्ने त ऐरावती
धार्मिक स्थल ऐरावतीमा पुग्नका लागि भालुवाङ्ग–प्युठान सडक खण्डमा पर्ने बड्डाडाँ बजारदेखि करिव १८ किलोमिटर सडक पार गरि माण्डवी नदीमाथि बनेको झोलुंगे पुल तरिसकेपछि ऐरावती पुग्न सकिन्छ । त्यस्तै वडा कार्यालय दाङवाङबाट करिब तीन घण्टाको सवारीसाधनको यात्रापछि ऐरावती पुगिन्छ । नेपाने, चितीवासको सड्कबाट पनि ३ घण्टामा ऐरावतीमा पुग्न सकिन्छ । साथै यस स्थानमा अर्घाखाँची अमराईबाट पनि दुई घण्टाको यात्रा पार गरेर पनि ऐरावती पुग्न सकिन्छ । सवारीसाधनको पहुँचमा नहुने स्थानियहरु पैदल यात्रा गरेरै भएपनि ऐरावती पुग्ने गर्दछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP