Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्रथम माघे संक्रान्ति विषेश शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न ।।

नवराज पौडेल,
माग १ गते
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा प्रथम माघे संक्रान्ति विषेश शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ । मगर इतिहास, भाषा संस्कृति र धर्म संरक्षण सम्वद्र्धन मगरहरुको मुल मन्त्र, जातिय पहिचान र स्वायत शासन सहिदको संघिय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नारा सहित नेपाल मगर संघ शिवराज नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रिय सदस्य एवंम प्रदेश नम्वरका ५ का संयोजक धन बहादुर पुन मगरले संस्कृति, बहुलता र विविधता एकता तथा सद्भावको आधार बनाएर विकास र समृद्धिका लागि अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक, जातीय र संस्कृति विविधताको सङ्गमस्थल हो, यो हाम्रो ठूलो सम्पत्ति, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । मगर ले यसलाई संरक्षण गर्न प्रदेश सरकारले विशेष ध्यान केन्द्रित गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम मा प्रदेश ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी ले प्रदेश सरकारले खास गरि मगर र थारु समुदायका २ जाती लाई प्राथामिकता मा पारेको बताउंदै प्रथम विश्व युद्ध ,दोस्रो विश्व युद्धमा संसार भर विर गोर्खाली भनेर चिनाउन मगर जातीहरुको ठुलो योगदान रहेको बताउनु भयो ।
भाषा संस्कृति विरता बौरलता मा समेत मगर जाती अगाडी रहेकाले भाषा संस्कृति मात्र नभई शैक्षिक स्तरलाई पनि प्राथामिकता दिन आग्रह गर्नुभयो । के.सीले छोरी–चेली पुजिने माघे सङ्क्रान्ति पर्व भनाइ रहँदा हाम्रै मुलुकका छोरी–चेली असुरक्षित हुने परिस्थितिको अन्त्य गर्नुपर्नेमा कुरामा जोड दिनुभयो ।
माघे सङ्क्रान्ति मगर समुदायको मात्र नभई सबै नेपालीको सांस्कृतिक पर्वका रुपमा नेपालभर मनाइने गरिएको बताउदै जात जाती, भाषा, संस्कृती को सम्वद्र्धन गर्ने उदेश्यले शिवराज नगरपालिका बाट बजेट छुट्याएको वडा नं १ का वडा अध्यक्ष जगत बहादुर जि.सीले बताउनु भयो ।
कार्यक्रम शिवराज नगर अध्यक्ष पुर्ण बुढा मगर को अध्यक्षता,मगर संघका केन्द्रिय सदस्य एवंम प्रदेश पांचका संयोजक धन बहादुर पुनको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीको विशिष्ट आतिथ्यता, मगर संघका केन्द्रिय सदस्य लक्ष्मी सारु मगर,रेशम सारु मगर, ओम सिंजाली ,गणेश बुढा , वडा नंम्वर १ का अध्यक्ष जगत बहादुर जि.सी, उद्योग वाणिज्य संघ चन्द्रौटा का अध्यक्ष जमसेद अलि मिंया, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, युवा नेता अजय थापा ,सोनु सारु मगर लगाएत को उपस्थिती रहेको थियो ।
कार्यक्रमा विभिन्न किसिमका मगर समुदायको भेषभुषा झल्कीने खालको खानाका परिकार सेल रोटी तरुल को व्यवस्था गरिएको थियो । मारुनी नाच लगाएत कलाकार तेजेन्द्र बुढा मगर, अमर रोका मगर, लिलमाया घर्ति मगरको समेत प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP