Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२०को उपाधि जनकपुरकी रोजिना बस्नेत लाइ ।।

सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२०को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । उनले राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधि समेत हात पारिन । उनलाई उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर कार्यक्रमकी प्रमुख अतिथि हास्यसाम्राज्ञी बसुन्धरा भुसालले प्रदान गरेकी थिइन ।

१३ जान अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगीतामा बर्दिबासकी रेनुका बोगटी फष्ट रनरअप र सेकेण्ड रनरअप धरानकी सम्झना परियार भइन । सम्झनाले मिस ग्ल्याम लुकको उपाधि समेत हात पारिन । उनीहरुलाई उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइसको उपाधि हात पारिन भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस वेष्ट पर्सानालिटी, इलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसीपिलनीकोे उपाधि हात पार्न सफल भए ।

प्रतियोगितामा बिभिन्न अडिशनबाट युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेनट प्रा.लि.का अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए । प्रतियोगिताले किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष तामाङलेले बताए ।

सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रतियोगिलाई प्रशिक्षण दिइएको म्यानेजिङ डाइरेकटर सुस्मिता गोलेले जानकारी गराइन । 

अन्तिम प्रतिस्पर्धाको निर्णकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दर्यविद् शशि शाही रहेका थिए ।

गायक बुद्ध लामा यो प्रतियोगिताको ब्राण्ड एम्बेशडरमा समेत रहेका छन् । प्रतियोगितामा बुद्ध लामा र सत्यकला राईको साङ्गीतक प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP