Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

चन्द्रौटामा रु. २५ मै पेटभरी स्वादिष्ट खाना ।।

दिपक के.सी. माघ ७,

कपिलवस्तु कपिलवस्तुको चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले अब हरेक हप्ताको मंगलबार रु. २५ मा खाना खुवाउने व्यवस्था गरेको छ । मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले सस्तो मुल्यमा स्वादिष्ट र स्वस्थकर खाना खुवाउने व्यवस्था निकै सरहानिय रहेको बताए । प्रदेश सभा सदस्य के.सी.ले रु. २५ तिरेर खाना खादै, खाना निकै स्वादिष्ट भएको बताए । थौरै आय भएकाहरुका लागी यो निकै राम्रो भएको बताए । देशका अन्य शहरहरुमा पनि यस्तो व्यवस्था रहेको जनाउदै, चन्द्रौटामा पनि यो कार्यको शुभारम्भ भएकोमा आयोजक संस्थालाई धन्यवाद दिदै यस कार्यको निरन्तरताको लागी शुभकामना व्यक्त गरे । रु. २५ मै खाना पाउदा पूर्व पश्चिम आवात जावत गर्ने यात्रुहरुका लागी पनि यो सुविधाले फाइदा पुराउने वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताए । “खाना निकै मिठो छ, रु.२५ कै खाना पनि ठूला होटलहरुमा पाइने खाना जस्तै स्वादिष्ट छ ” पाण्डेले बताए । गोजीमा कम रकम हुनेहरुका लागी यो व्यवस्था धेरै नै राम्रो भएको अध्यक्ष पाण्डेले जनाए । “अहिले हामीले साप्ताहिक रुपमा खाना खुवाउने भनेर यसको थालनी गरेका छौं । यो सफल हुदै गयो भने यसलाई दैनिक रुपमा लैजाने लक्ष्य रहेको छ ।” संस्थाका अगुवा विजय जयसवालले बताए । अहिले संस्थामा आवद्ध स्थानिय युवाहरुको सक्रियता र सहयोगमा साप्ताहिक रुपमा सस्तो मुल्यमा खानाको व्यवस्था गरेछौं यसलाई सफल बनाउन अन्यत्रबाट पनि सहयोग आयो भने दैनिक बनाउने छौं जयसवालले भने । प्रत्येक हप्ताको मंगलबार चन्द्रौटामा रहेको गंगा कम्प्लेक्स अगाडी विहान १० बजे देखि साझ ५ बजे सम्म रु. २५ मा खाना खाने व्यवस्था हुने उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP