Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

प्रदेश सरकार लगानीमा १५ करोडको खानेपानी योजना

माधव बेल्वासे
चन्द्रौटा, ७ माघ
प्रदेश न ५ सरकारको १५ करोड लगानीमा कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा खानेपानी योजना निर्माण कार्य शुरु भएको छ । खानेपानी योजना सुचारु भएसँगै अब शिवपुरबासीले स्वच्छ पिउने पानी पाउने आशामा छन् । स्थानीयहरु अहिले खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरी निर्माण कार्यमा जुटेका छन् ।
खानेपानी आयोजनाको सर्वेक्षण कार्य सम्पन्न भएको र डिपीआरको काम अन्तिम चरणमा पुगेको छ ।१५ करोडको लागतमा निर्माण हुन लागेको खानेपानी योजनाले ३ हजार घरधुरीले स्वच्छ पानी पिउन पाउने छन । योजनामा ६० किलोमिटर पाइपलाइन विस्तार गर्ने स्टिमेट गरिएको छ । शिवराज नगरपालिका वडा न १ को शिवपुर गाउँ,उमरी गाउँ,बेलौती,कलौनी,वडा न ३ को वलुहवा,मझगाउँ,काफठुठ्ठा लगाएतका गाउँका नागरिकले खानेपानी पाउनेछन ।
खानेपानी योजना समितिले एक कार्यक्रमको आयोजना गरी प्रदेश सदस्य अर्जुन कुमार के.सी.द्धारा खानेपानी बोरिङको सिलन्यास गरिएको छ । सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य के.सी.ले योजनालाई जिल्लाकै नमूना बनाउन स्थानीय उपभोक्ता जुट्नुपर्नेमा जोड दिनुभयो । धाराको पानी सोझै हातले थापेर पिउन सकिने किसिमको बनाउन सबैले निगरानी बढाउनुपर्ने सुझाव दिनुभयो । सरकारले हरेक नागरिकको जीवनस्तर उकास्ने खालको योजना अघि सारेकाले अबको ५ वर्षभित्र देशको समृद्धिमा ठूलो परिवर्तन देखिने दाबी गर्नुभयो । हरेक नागरिकका लागि रोजगारी सृजनाका लागि आफूले समेत सोही अनुसारको भिजन बनाई अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले खानेपानी योजनाले शिवराज १ को विकासमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । शिवपुरका बासिन्दाको हरेक स्थानमा सहभागिता भएपनि विकासमा उपेक्षित हुँदै आएका औल्याउँदै खानेपानी योजनाका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रदेशसभा सदस्य के.सी.प्रति आभार प्रकट गर्नुभयो ।
यता वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी.ले खानेपानी योजनाले शिवपुरबासीमा उत्साह थपिएको बताउनुभयो । ९५ प्रतिशत रोग पानीकै कारणबाट लाग्ने औल्याउँदै वडाध्यक्ष जि.सी.ले स्वच्छ खानेपानी योजनाले शिवपुरबासीलाई स्वास्थ्य लाभमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम सफलताको कामना गर्दै उनले आगामी दिनमा वडाबाट हुनसक्ने हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । उपभोक्ता समिति अध्यक्ष ढुण्डीराज अधिकारीले योजना सफल पार्न सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP