Trending
राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु राजनीति जलवायु परिवर्तन : प्रवासी चराको बसाइँसराइ प्रभावित बन्दै राजनीति सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् राजनीति परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता राजनीति पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता

शिवराज नगरपालिकाले वडा कार्यालय भवन निर्माण गर्दै

माधव बेल्वासे,चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिकाले वडा कार्यालयको भवन निर्माणलाई प्राथमिकता दिएको छ । भवन नहुदाँ वडावाट प्रदान गर्ने सेवा सुविधामा समस्या भइरहेको भन्दै नगरपालिकाले वडा भवन बनाउन सुरु गरेको छ । कतिपय वडाहरु साविक गाविस भवनमा काम गरिएको छ भने कतिपय वडा कार्यालय भाडामा संचालन गरिएको छ । वडा न २,४,६ र ७ मा अहिले भवन नभएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभएको छ । चार वटै वडाको भवन निर्माणको लागि १ करोड ६० लाख बजेट विनियोजन गरेको भएपनि यस वर्ष दुई वटा मात्र भवन बन्ने पक्का भएको छ ।
वडा न ६ र ७ मा भवन निर्माणको लागी जग्गा नहुँदा आगामी वर्षको लागि धकलिएको छ । असार मसान्त सम्म सम्पन्न हुने गरी वडा न २ र ४ को काम भइरहेको नगरपालिकाका सब ईन्जिनियर मोहन केसीले बताउनुभयो । वडा न २ को लागि लागत स्टिमेट ८३ लाख ७६ हजार ४ सय ५८ भएपनि सुर्यदय निमार्ण सेवाले ६१ लाख ९५ हजार ६५ मा भवन निर्माण गर्ने कबुल गरेको छ । त्यस्तै वडा न ४ मा लागत स्टिमेट ७४ लाख ६१ हजार ९ सय ७३ भएपनि एनबि कन्ट्रक्सनले ५८ लाख ९६ हजार ७४ मा निर्माण गर्ने कबुल गरेको छ ।
वडाको भवन नहुँदा कामकाजमा समस्या भइरहेको वडा न २ का अध्यक्ष राम बहादु्र चौधरीले बताउनुभयो । “कर्मचारीको बस्ने ठाउँ छैन सेवा ग्राहीलाई समस्या छ, त्यसैले नगरमा भवनको माग गरेका हौ ” चौधरीले भन्नुभयो । वडा न ४ ले अहिले वडा न ३ को भवन वाट सेवा प्रदान गरेको छ । वडाका नागरिकहरुलाइ पायक पर्ने ठाउँमा भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष सफिक अहमद मुसलमानले बताउनुभयो ।
यता वडा कार्यालय भवन निर्माण गरेपनि नगरपालिकाले आफ्नो भवन भने बनाउन सकेको छैन । गत असारमा भवन निर्माणको लागि सम्झौता भएपनि स्थानियहरुले बिरोध गरेपछी काम रोकिएको थियो । पौष २० गते सर्वोच्च अदालतले नगरपालिकालाई भवन बनाउन आदेश दिएपछि काम सुरु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP