Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

कपिलवस्तुको लोहरौलमा थारु परमपरागत त्रिवेणी मेला आजबाट सुरु

राम अवतार चौधरी
कपिलवस्तु, १० माघ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला शुक्रबारबाट सुरु भएको छ । “हमन भाषा ओ संस्कृति हमनके शान, थारु संस्कृति बचएना हमनके अभियान” भन्ने मुल नाराका साथ सुरु भएको मेला थारु समुदायको मौलिक पहिरनमा झाँकी ्याली सहित आजबाट सुरु भएको हो ।

मेला कार्यक्रमको उद्घाटन समोरोहलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले थारु समुदायको हक हित र अधिकार सँगै आफ्नो मोलिक पहिचान जोगाउन अति आवश्यक रहेको बताए । यस्तो मेला महोत्सव आयोजना गर्नले स्थानीय प्रतिभा उत्पादन हुनुका साथै आफ्ना गाउँघरमा लुकेर रहेको कला, संस्कृतिको संरक्षणमा टेवा पुगेको थापाले जनाए ।

उनले भने यस क्षेत्रमै विजयनगर गाउँपालिका सँगै जोडिएको लोहरौला गाउँको समेत शिर उच्च राख्ने लोहरौला गाउँ समाजले गरेको कार्य प्रशंशा गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत थापाल गरे साथै संस्कृति बचाउन लागी परेकोमा हर्ष व्यक्त गरे ।

कार्यक्रममा बोल्ने अधिंकाश वक्ताहरुले थारु संस्कृति जर्गेना गर्नुपर्ने बताउँदै लोप हुँदै गाएको कला, संस्कृति, भेषभुषा, रितिरिवाज र पहिरन बचाउन थारु युवा पुस्ता एकजुट भइ लाग्नुपर्नेमा जोड् दिएका थिए ।

त्यसैगरी मेलामा थारु पुखौली सामाग्री ढकिया, पँुजा, चुल्ही, डोक्नी, गोनरी, मचिया, खौलर, चौकी बेल्ना, पौवा लगायत थारु संग सम्बन्धित पुराना थुप्रै सामाग्रीहरु थारु संग्राहलयाको रुपमा सजाइएर राखिएका दृश्य नामवली सहित सहजै अवलोकन गर्न सक्निे साथै थारु खाना परिकारको समेत स्वाद लिना पाईने व्यवस्था रहेको मेला व्यवस्थापन समितिको सचिव राम सहाइ थारुले बताए ।

उक्त कार्यक्रम कृष्ण बहादुर थारुको अध्यक्षता, गाउँपालिका अध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी थारुको विशिष्ट आतिथ्यता, थारु कल्याणकारी सभाका जिल्ला सचिव जगतदेव थारु, थाकस शिवराज नगर अध्यक्ष इन्द्रबहादुर थारु, चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, सुमन थारु, सोमइलाल थारु लगायतको आतिथ्यता, कृष्ण थारुको स्वागत मन्तव्य र पिन्टुराम थारुको सञ्चालन रहेको साथै लोहरौला गाउँ समाजको आयोजनामा आजबाट सुरु भएको मेला शनिबार राती सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP