Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पूर्वसांसद कार्कीको निधन

पाल्पा – पाल्पाका पूर्वसांसद गम्भीरजङ्ग कार्कीको निधन भएको छ ।

नेपाली काङ्ग्रेस पाल्पाका पूर्वसभापति समेत रहनु भएका ७६ वर्षीय कार्कीको उपचारको क्रममा काठमाण्डौमा निधन भएको नेपाली काङ्ग्रेस पाल्पाले जनाएको छ ।

मृगौलामा समस्या देखिन थालेपछि काठमाण्डौमा डायलासिस गर्दै आउनु भएका कार्कीको आईतबार निधन भएको हो ।

कार्की विसं २०४८ सालमा पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो  । विसं २०५१ देखि २०५६ सालसम्म नेपाली काङ्ग्रेस पाल्पाको जिल्ला सभापति रहनु भएका कार्की त्यसअघि राष्ट्रिय पञ्चायत सदस्यमा पनि निर्वाचित हुनु भएको थियो ।

रम्भा गाउँपालिकाको ताहूँमा स्थायी घर भएका कार्कीको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP