Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

कृष्णनगरलाई कोइलाबास झै सुकाउने षड्यन्त्र हुदै

कपिलवस्तु, भाद्र २
कपिलबस्तुका मुख्य व्यापारिक कृष्णनगर नाकालाई कोईलाबास झैं सुकाउने षड्यन्त्र भई रहेको स्थानिय व्यापारीहरुले आरोप लगाएका छन ।


जिल्लाका कृष्णनगर नाका भन्सार नाका मात्र नभई व्यापारिक केन्द्र भएका कारण षड्यन्त्रपुर्ण तरिकाले यस नाकालाई सुकाई दाङ्ग जिल्लाको कोईलाबास नाका झैं बनाउन लागिएको व्यापारीहरु आरोप लगाएका हुन ।

कृष्णनगरको व्यापारीलाई ध्वस्त बनाउने षड्यन्त्र भईरहेको उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले आरोप लगाएका छन । लगभग एकबर्ष पहिला क्वारेन्टाइनको बहाना देखाउदै फलफुल र तरकारी आयात रोकियो तर टेस्टिगं ल्याब भैरहवा लगायत अन्य नाकामा स्थापना गरियो कृष्णनगर नाकामा गरिएन । यहांका फल व्यापारी ध्वस्त हुदै गए र क्लियरिंगको रोजगार पाएका युवा विदेश पलायन भए ।

नेपाल बैकमा गाडि भन्सारकाे लागि राजस्व जमा गर्नेकाे भिड

त्यसैगरि अहिलेको भारतीय गाडीको अनलाईन भन्सार र सुविधाका कारण स्थानिय व्यापारीहरु मारमा परेका छन । पहिला बिहान सात बजे शुरु भई राति दस बजेसम्मै भन्सार हुन्थ्यो तर अहिले बैंक समय बिहान दस बजे प्रज्ञापन गराउन शुरु हुन्छ र पांच बजे बन्द हुन्छ ।यस्ता समास्याले गर्दा नै यस नाकाबाट भन्सार राजस्व घट्दै गईरहेको अवस्था छ । फेरि अर्को समस्या जोडिएको छ एकदिनको सुविधा व भन्सार गराई कृष्णनगर बजार आउने भारतीयलाई तीनदेखि चार घण्टा भन्सार मै बस्नुपर्ने अवस्था भएका कारणले स्थानीय व्यापर प्रभावित भईरहेको अध्यक्ष गुप्ताको आरोप छ ।

भरतिय गाडि भन्सार गराउनेकाे भिड


कृष्णनगर बजारलाई ध्वस्त बनाउने कुनैपनि रणनिति सफल हुन नदिने कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले अश्वासन दिएका छन ।कृष्णनगर बजार व्यापार व्यवस्थापन सम्बन्धमा संचारकर्मीहरुलाई उत्तर दिदै प्रमुख व्यापारिक नगर मानिने हाम्रो कृष्णनगरसंग राज्यले सौतेला व्योहार सहना नसकिने बताए ,साथै यस नगरका व्वासायीहरुको हितका दीर्घकालीन योजना तैयार गरिने नगरप्रमख शाहले जोड दिएका छन ।
अहिलेको अवस्थामा कृष्णनगर बजारबाट चन्द्रौटा , बुटवल, प्युठान, लम्ही ,पोखरा लगायतका ठाउंमा पलायन गरि व्यवसायीहरु व्यापार गर्ने क्रम बढेको स्थानीय व्यापारीहरु बताउछन् । नेपाल(भारत सिमाका नेपाली बजार भारतीय कस्टमरको भरमा चल्ने हुनाले कृष्णनगर जस्ता अन्य नाकाका बजार पनि सुक्ने निश्चित रहेको व्यापारीले चिन्ता व्यक्त गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP