Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

थप दुई नेपाली र एक अमेरिकी नागरिकमा कोरोना संक्रमणको आशंका

काठमाण्डाै – चीनबाट फर्किएका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई कोरोना संक्रमणको आशंका गरिएको छ ।

याेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरी उपचार गर्नेको संख्या ५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार प्रक्रिया सुरु गरिएको छ ।

चीनबाट फर्किएका एक महिला र पुरुष तथा अमेरिकी नागरिकमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको र उपचार थालिएको अस्पतला स्रोतले जनाएको छ । सरुवा रोग अस्पताल टेकुमा उपचार कक्षको स्थापना समेत गरिएको छ ।

चीनबाट फर्केका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ । ती युवामा संक्रमणको पुष्टिसँगै अरु दुई जनामा पनि आशंका गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गरी सरकारले सर्तकता बढाएको जनाएको छ ।

कोरोना भाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । सुरुमा स्वाइन फ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने लक्षण देखिन सक्ने डाक्टर बासुदेव पाण्डेले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फैलनसक्ने संक्रमणतर्फ सतर्क रहेको जनाएको छ । नेपालमा एक जनामा मात्र संक्रमण पुष्टि भएको र आवश्यक सर्तकता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीन तथा अरु देशबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको पनि उहाँले बताउनुभएको छ ।

संक्रमण आशंका भए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुरसहित अरु अस्पतालमा उपचारको व्यवस्था गर्ने गरी मन्त्रालयले तयारी गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस्

कोरोना भाइरसकाे संक्रमण बढ्ने भन्दै नयाँ वर्षमा ठूला कार्यक्रम नगर्न नागरिकहरुलाई चीनको आग्रह

काेराेना भाइरस: ज्यान गुमाउने २५ पुगे, आपतकाल घोषणा गर्ने बेला भइसकेको छैन– विश्व स्वास्थ्य सङ्गठन

कोरोना भाइरस नेपाल आइपुगेको छैन : सरकार

चीनमा कोरोना भाइरसबाट ४ सय ४० संक्रमित

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP