Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कक्षा १ देखि १२ सम्मकाे पाठ्यक्रम फेरिँदै

आगमी शैक्षित्र सत्रदेखी लागु हुनेगरी पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम निर्माण गरेको छ । आगामी शैक्षिकसत्रबाट २०८० सालसम्म कक्षा १ देखी १२ सम्मका सबै पाठ्यक्रम परिवर्तन गर्दै जाने पाठ्यक्रम विकास केन्द्रका सुचना अधिकारी गणेश भट्टराईले बताए ।

भट्टराईका अनुसार कक्षा १ र ११ मा आगामी शैक्षिकसत्रबाट लागु हुनेगरी नयाँ पाठ्यक्रम निर्माण गरिएको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गत २० भदौमा कक्षा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत गरेको थियो । भट्टराईले कक्षा २, ३, ६ र १२ को पाठ्यक्रम आगामी ०७८ मा, कक्षा ४, ७, ९ को ०७९ सालम र ५, ८ र १० को पाढ्यक्रम ०८० सालमा परिवर्तन हुने बताए ।
कक्षा ११ र १२ का विद्यार्थीलाई ६ विषय अनिवार्य 
पहिले अनिवार्य र ऐच्छिक गरी ५ वटा विषय अध्ययन गरिरहेका कक्षा ११ र १२ का विद्यार्थीले लागु हुने नयाँ पाठ्यक्रममा तीन अनिवार्य र तीन ऐच्छिक गरी ६ वटा विषय अध्ययन गर्नुपर्ने हुन्छ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नेपाली, अंग्रेजी र सामाजिक अनिवार्य विषयको रुपमा पढ्ने छन् भने अन्य तीन वटा ऐच्छिक विषयको रुपमा पढ्न सक्ने छन् ।

त्यस्तै कक्षा १२ मा नेपाली अंंग्रेजी र जीवन उपयोगी शिक्षा अनिवार्य विषयको रुपमा पढ्नुपर्ने छ भने बाँकी तीन ऐच्छिक विषय हुन्छ । ८० वटा ऐच्छिक विषयलाई चार भागमा विभाजन गरिएको र विद्यार्थीले छनौट गर्दा तीन वटा ग्रुपबाट आफूले पढ्न चाहेको विषय छनौट गर्न सक्ने उनले बताए ।

बाँकी रहेको अर्काे ग्रुपबाट पनि विद्यार्थीले चाहेको खण्डमा चौथो ऐच्छिक विषय लिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । शिक्षा मन्त्रालयबाट स्वीकृति भइसकेको १ र ११ कक्षाको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि लागु हुने उनको भनाइ छ  ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP