Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

विद्यार्थी कुट्ने शिक्षकलाई १० वर्ष जेल

धनगढी-कञ्‍चनपुरको महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनीको शिक्षकले कुटेर मृत्यु प्रकरणमा जिल्ला अदालतले एक शिक्षकलाई १० बर्ष कैद सजाय तोकेको छ।

गत असार महिनामा शिक्षकको कुटाईबाट घाईते भएका कंचनपुर भीमदत्त नगरपालिका वडा नम्वर १७ मझगाउँ स्थित महाकाली बाल विद्यालयका छात्र कलौनीको भारतमा उपचारका क्रममा मृत्यु भएको थियो।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको थियो। कक्षा ९ मा अध्ययन गर्दै आएका कलौनीलाई असार १३ गते विद्यालयमै कुटपिट गरिएको थियो।

सोमबार जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इलासले शिक्षक लक्ष्मणदत्त भट्टलाई १० बर्ष कैद फैसला तोकेको हो भने बाँकी ४ जनालाई सफाई दिएको छ।

प्रिन्सिपल यशोदा जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहरा, शिक्षकद्वय दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई सफाई दिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP