Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विद्यार्थी कुट्ने शिक्षकलाई १० वर्ष जेल

धनगढी-कञ्‍चनपुरको महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनीको शिक्षकले कुटेर मृत्यु प्रकरणमा जिल्ला अदालतले एक शिक्षकलाई १० बर्ष कैद सजाय तोकेको छ।

गत असार महिनामा शिक्षकको कुटाईबाट घाईते भएका कंचनपुर भीमदत्त नगरपालिका वडा नम्वर १७ मझगाउँ स्थित महाकाली बाल विद्यालयका छात्र कलौनीको भारतमा उपचारका क्रममा मृत्यु भएको थियो।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको थियो। कक्षा ९ मा अध्ययन गर्दै आएका कलौनीलाई असार १३ गते विद्यालयमै कुटपिट गरिएको थियो।

सोमबार जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इलासले शिक्षक लक्ष्मणदत्त भट्टलाई १० बर्ष कैद फैसला तोकेको हो भने बाँकी ४ जनालाई सफाई दिएको छ।

प्रिन्सिपल यशोदा जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहरा, शिक्षकद्वय दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई सफाई दिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP