Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सामाजवादी मा वडा अध्यक्ष प्रवेश सामाजवादीको शुद्धिकरण आभियान कपिलवस्तुमा

दिलिप कुमार यादव कपिलवस्तु । १५ माघ सामाजवादी पार्टी कपिलवस्तुले तौलिहवामा अयोजना गरेको पार्टी शुद्धिकरण आभियानमा मायादेवी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सहित १ जना कार्यपालिका सदस्य पनि प्रवेश गरेका छन । वडा नं. २ का वडा अध्यक्ष सरफुद्दिन मुसालमान, मायादेवी गाउँकार्यपालिका सदस्य महेन्द्र धोवी र ४ जना वडा सदस्यहरु प्रवेश गरेको नव प्रवेशी मुसालमानले जानकारी दिनु भएको छ । समाजवादीले मुसालमानलाई पाटीको जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत दिएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिनु भएको छ । पार्टी शुद्धिकरण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा प्रदेश ५ का ईन्चर्ज दानबहादुर चौधरीले मधेश आन्दोलनले अधिकारसम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र सधान स्रोत सम्पन्न प्रदेश मागेपनि अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको बताए । संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्रता अनुभूति गर्न नसक्ने उल्लेख गर्दै चौधरीले त्यसको लागि पनुः संघर्षको आवश्यक्ता रहेकाले पार्टी संगठन विस्तार तथा शुद्धिकरणमा जुटेको बताए । यता केन्द्रिय सदस्य तथा प्रदेशको संसदीय दलका नेता सहसराम यादवले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वा्चित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसकिने बताएका छन । यादवले संघीयता विरोधीहरु विभिन्न बहानामा संघीयता समाप्त पार्न षडयन्त्र गरिरहेको दाबी गरे । यादवले संगठित र अनुशासित बन्दै संघर्षको तयारीमा जुट्न कार्यकर्तालाई अग्रह गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP