Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

वाणगंगा मा २३ तोला सुन चोरी !

दीपा महत, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा चोरी भएको छ । नगरको वडा नम्बर ४ दरखास्त टोलका झण्डै आधा दर्जन घरमा मंगलबार राती चोरी भएको हो । घरमा कोही नभएको मौकापारी एकैदिन आधा दर्जन घरमा चोरी भएको स्थानीयबासीले बताएका छन् ।
स्थानीयका अनुसार दरखास्तका खगराज ढुङ्गाना, सिर्जना पाण्डे (पण्डित), गोपाल अधिकारीको घरमा चोरी भएको हो । अरु घरका मानिस यहाँ नभएकोले के के चोरी भयो अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुश कुमार जोशीले बताउनुभयो ।
नेपालगञ्ज छोराको होटल उद्घाटनको तयारीका लागि गएको बेला आफ्नो घरमा च्यानल गेट तोडेर चोर पसेको पीडित खगराज भट्राइले मायादेवीलाई बताउनुभयो । भट्टराईले बताए अनुसार चोरले घरका तीन वटा दराज तोडफोड गरेर १४ तोला सुन, दुई वटा मोबाइल, एउटा खुकुरी र नगद ६ हजार लगेको छ । रातीको समयमा चोरले निकै चलाखपूर्ण तरिकाले चोरी गरेको उहाँको भनाई छ । चोरले गेटमा लगाएको ताला नतोडी गेट नै तोडेको उहाँले बताउनुभयो ।
ठुलै गिरोहले चोरी गरेको हुन सक्ने भन्दै अनुसन्धान कार्यलाई अगाडी बढाउन उहाँले प्रहरीलाई आग्रह गर्नुभएको छ । चोरीको प्रकृती हेर्दा भारतबाट आएका ब्यक्तीले चोरी गरेको हुनसक्ने उहाँको आशंका छ । पूर्व पश्चिम राजमार्ग मै यसरी चोरी हुनुले सुरक्षा चुनौती थपिएको उहाँको भनाई छ ।
यता आफु प्यूठानमा जागिर गर्ने भएकाले प्यूठान गएको समयमा घरमा चोरी भएको सिर्जना पाण्डेले सुनाउनुभयो । पाण्डेको घरबाट पनि साढे ९ तोला सुन, एउटा ल्यापटप, ४ वटा मोबाइल, एउटा डिजिटल क्यामरा र नगद ३ हजार चोरी भएको छ । यस किसिमको कार्यगर्ने जोकोहीको पनि मलोबल बढ्न नदिनका लागि त्यस्ता ब्यक्तिलाई पक्राउ गरी कारवाही गर्न उहाले प्रशासन समक्ष आग्रह गर्नुभयो ।
यता सिसिटिभि फुटेजमा राती १२ बजे पछि तीन जना बाइकमा आएर सिर्जना पाण्डेको घरनिर रोकिएको देखिन्छ । तीन जनाको समुहमा आएका उनीहरु पश्चिमबाट पूर्व जादै थिए । बाइक मोडेर पुनः पाण्डेको घरमा रोकिएको फुटेजमा देखिन्छ । पाण्डेको घर अगाडी बाइक रोकेर दुई जना घर भित्रि गएको सिसिटिभी फुटेजमा देख्न सकिन्छ । त्यसपछि उनीहरु केही अगाडी गएर अर्को घर अगाडी रोकिएका छन् । त्यो घरमा पनि चोरी गरी उनीहरु पुर्वतर्फ लागेका छन् ।
सोही सिसिटिभी फुटेजका आधारमा अनुसन्धान अगाडी बढाउन पाण्डेले प्रहरी प्रशासन समक्ष आग्रह गर्नुभएको छ । एकैदिन एउटै गाउँका चार घरमा चोरी भएपछि स्थानीय त्रसित भएका छन् । यस अघि पनि सोही ठाउँको सपना आचार्यको घरमा चोरी भएको थियो । घरमा चोर पसेपनि केहि सामान लगेको थिएन । त्यसको केही दिनमै यसरी चोरी भएपछि चोरको ठुलै गिरोह हुन सक्ने र कसैले सुराकी गर्न सक्ने स्थानीयको आशंका छन ।
इलाका प्रहरी कार्यलय पिपराले चोरीको घटनालाई अनुसन्धान गरिरहेको बताएको छ । बुधबार दिउँसो प्रहरीले चोरी भएका घरहरुको निरिक्षण गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP