Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

माया गर्छु भन्दै बलात्कार गर्‍यो महिनावारी रोकिएपछि प्रहरीमा मुद्दा

सागर थापा ,बाँके माघ १६-

सुन्दा पनि अचम्म लाग्ने प्रेममा जातभात हुदैन भनेर भनिन्छ फिल्ममा मात्रै रैछ यस्तै घटना बाँकेको गाभरको जंगलमा घटेयो प्रेममा जबर्जस्ती पनि हुँदैन भन्ने विश्वास थियो । तर ३ महिनाअघि भारतदेखि पुर्ख्यौर्ली घर आउँदा उनका छिमेकी (नवीन रोकायसँग) चिनजान भयो । भेट भएको एक सातामै युवकले प्रेम प्रस्ताव राखे ।

आफू दलित समुदायकी भएकाले विवाह सम्भव नहुने भन्दै प्रेम अस्वीकार गर्दै आइन् । परिवारले नस्वीकारे पनि म अपनाउँछु भन्दै फकाउन थाले । परिचय गाढा भएपछि घुम्न जान दबाब दिए ।‘खुला चौरमा जाऊँ भन्दा मान्थेन,’ उनले भनिन्, ‘जबर्जस्ती जंगलमा लग्यो ।’ बैजनाथकी १८ वर्षीयाले चार महिनाअघि आफूमाथि बलात्कार भएको बताइन ।

गाभरको जंगलमा लगेर बैजनाथ गाउँपालिका–१ का रोकायले गोप्य अंग चलाउन थाले । ‘छि के गरेको यस्तो नगर्नु, मैले पटक–पटक इन्कार गरें,’ पीडित युवतीले भनिन्, ‘म तिमीलाई प्रेम गर्छु भन्यो ।’नाइनास्ती गर्दा भुइँमा धकेलेर जबर्जस्ती गरेको उनले सुनाइन् । ‘टाउको भुइँमा बजारियो, शरीरमा काँडाले घोच्दासमेत छोडेन,’ उनले भनिन्, ‘माया गर्छु भन्थ्यो, जबर्जस्ती गर्‍यो ।’

महिनावारी रोकिएपछि कोहलपुर इलाका प्रहरी कार्यालयमा बिहीबार बलात्कार मुद्दा दर्ता गराएकी हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी कुलदीप चन्दले पीडित युबतीले मुद्दा दर्ता गरेको थप प्रमाण र अनुसन्धान गर्न थालिएको बताए । डाक्टरको मेडिकल रिपोर्ट आउन बाँकी छ अभियुक्त फरार छ ।’ बलात्कार खुलासा भएपछि पीडित परिवारलाई मिलापत्रका लागि दबाब आएको पीडित परिवारले बताएका छ्न । यता कोहलपुर प्रहरी प्रमुख डिएसपी चन्दका अनुसार बलात्कार भएको कुरा मेलमिलाप बाट नहुने कानुनी कार्वाही अनुसार बलात्कारी लाई सजाय हुने डिएसपी चन्दले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP