Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कर्मचारी एकैसाथ बिहेमा : शुक्रबार प्रदेश-१ काे संसद सचिवालय खाली

माेरङ – प्रदेश-१ को संसद सचिवालयका उपसचिव अर्जुन निरौलाकी छोरीको बिहेमा एकैपटक कर्मचारीहरु जाँदा शुक्रबार संसद सचिवालयमा कर्मचारीहरु भेटिएनन् ।

प्रदेशसभाका माथिल्लो तहका सबै कर्मचारीहरु एकैपटक विवाहमा सहभागी हुँदा सचिवालय कर्मचारीविहीन भएको हो ।

शुक्रबार दिउँसो एक बजेसम्म पनि कर्मचारी कार्यालयमा नपुग्दा सचिवालयका सबै कुर्सीहरु खाली थिए ।

सचिवालय पुग्दा कुर्सी खाली नै देखिएको प्रदेशसभामा पुगेका सांसदहरुले बताए । शुक्रबार सभामुख प्रदीपकुमार भण्डारीसमेत संसद सचिवालयमा पुग्दा खाली देखेपछि एकैछिन सचिवालयमा बसेर फर्किनुभएकाे थियाे ।

अधिकांश कर्मचारीहरुको कार्यकक्षमा रहेको नेमप्लेटमा ‘बाहिर’ रहेको जनाउ दिइएको थियो ।

सचिवदेखि कर्मचारी कोही कार्यालयमा नभएको जानकारी पाएर संसद सचिवालयमा पुगेका पत्रकारलाई गेटमा रहेका सुरक्षाकर्मीले कोही कर्मचारी नभएको भन्दै भित्र जान नै रोकेका थिए ।

पछि सांसदज्युलाई भेट्न आएको भन्दै भित्र पसेका पत्रकारले कार्यालयमा कोही नदेखेपछि एकजना कार्यालय सहयोगीसँग कर्मचारी नआउनुको कारण सोधेका थिए । ती कार्यालय सहयोगीले कार्यालयका उपसचिव अर्जुन निरौलाको  छोरीको बिहेमा गएका कारण कोही नभएको बताए ।

तर कार्यालयमा मर्यादापालक र सुरक्षाकर्मीहरु भने आफ्नै काममा व्यस्त थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP