Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

विजयनगरमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, कपिलवस्तु टीमको जित ।।

राम प्रघट कोरी माघ १८ विजयनगर
विजयनगरमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता शनिवार सम्पन्न भएको छ । पुस २३ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टीमको सहभागिता रहेको थियो । आज भएको फाईनल खेल महाराजगञ्ज क्रिकेट टीम र कपिलवस्तु क्रिकेट टीम विच प्रतिस्पर्धा भएको हो । टस जितेर व्याटिङ् रोजेको कपिलवस्तु टीमले १६ ओभरको समाप्तीमा १९८ रन बनाएको थियो । कपिलवस्तु टीमले दिएको १९९ रनको टार्गेट पछ्याउँदै मैदानमा उत्रिएको महाराजगञ्ज टीमले १२ ओभरमा जम्मा ६७ रन ल्याउँदै अल आउट भएको थियो । उत्कृष्ट प्रदर्शन गरेको कपिलवस्तु टीमले १३१ रनको भारी अन्तरले जित आफ्नो पोल्टामा पारेको छ । उत्कृष्ट बनेको कपिलवस्तु टीमले २५ हजार नगद र ट्रफी, दोस्रो भएको महाराजगञ्ज टीमले १५ हजार नगद र ट्रफी हात पारेको छ । कपिलवस्तु टीमका उत्कृष्ट खेलाडी प्रदीप म्यान अफ द सिरिज भएका छन् भने आजको फाइनल खेलको म्यान अफ द म्याच रेहान बनेका हुन् । उनले २५ बलमा ८२ रन बनाएर आफ्नो उत्कृष्ट प्रदर्शन गरेका थिए । कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता, वडा नं.५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान, लौटनराम द्रोपदी देवी माध्यामिक विद्यालयका प्रधानाध्यपक श्याम प्रकाश चौधरीको अतिथ्यतामा सम्पन्न भएको थियो ।

 

Chat Conversation End

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP