Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

वार्षिक २५ करोडको सुन्तला बेच्दै पर्वत र बागलुङका किसान

पर्वत ।

अन्य अन्नबालीले भन्दा सुन्तलाले राम्रो आम्दानी हुन थालेपछि किसानहरू सुन्तला खेतीतर्फ आकर्षित भएका छन् ।

पर्वत र बागलुङमा सुन्तला खेती बिस्तार हुन थालेको छ । किसानहरू अन्य खेती छोडेर सुन्तला खेतितर्फ लागेका छन् । सुन्तला खेतीबाटै बागलुङ र पर्वतका किसानले लाखौं आम्दानी गरिरहेका छन् ।

उमेर ६१, तर जाँगर युवाको भन्दा कम छैन । २०४९ सालमा सात वटा बोट रोपेर सुन्तला खेती गर्न थाल्नुभएका बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवाका खगेश्वर सुवेदी अहिले पूर्ण रुपमा व्यवसायिक बन्नुभएको छ ।

सुवेदीले भन्नुभयो, ‘१३/१४ रोपनी क्षेत्रफलमा सुन्तला खेती छ । त्यसमाचाहिँ पोहोर, त्यस्तै दुई/ढाइ लाखको बेचेको हुँ । भविष्यमा १२/१५ लाख, २० लाखसम्म बेच्न सकिन्छ जस्तो लागेको छ । ’

सुवेदीले अगाडि भन्नुभयो,‘बिरुवाहरू हुर्कदैंछन् । तीनसय बिरुवा हुर्कदैंछन्, यतिबेला फलेकाचाहिँ तीनसय ५० बिरुवा होलान् ।’

बोटबाट सुन्तला टिप्दै किसान । तस्बिर : रोशन तिवारी ।

बुढापाका मात्रै हैन, विदेश गएर फर्किएका र जाने तयारीमा रहेका युवा पनि सुन्तला खेतीमा रमाउन थालेका छन् । मोदी २ देउपूरका गंगाकुमारी शर्माले सुन्तला खेती गर्न थालेपछि विदेशमा भएका श्रीमान पनि गाउँ फर्किनुभयो ।

शर्माले भन्नुभयो, ‘खाडीमा घाम खाएर बस्नुभन्दा यही खेती गरौं भनेर बोलाएको हुँ । दुईसय ५० बोट सुन्तला लगाएका छौं, दुईसय बोट फल्ने क्रममा छ ।’

गल्कोट नगरपालिका १ वागलुङका नेत्रबहादुर बुढाथोकीले पनि खेतबारीमा अन्नबाली लगाउन छोडेर सुन्तला रोप्नुभएको छ । बुढाथोकी, ६ मुरी अन्न नफल्ने बारीबाट १६ लाखको सुन्तला बेचेपछि दङ्ग हुनुहुन्छ । उहाँले गल्कोटमा चिस्यान केन्द्र भए किसानलाई झनै राम्रो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जति जग्गा छ, त्यो सबैमा सुन्तला लगाएको छु । कोल्डस्टोर भयो भने, सुन्तला जुन सिजनमा फल्छ त्यो सिजनमा टिपेर राखेर अपसिजनमा बेच्दा धेरै मुल्य लिन सकिन्छ ।’

महाशिला गाउँपालिका ५ ढाँडखर्कका टेकबहादुर गुरुङले २०५४ सालदेखि सुन्तला खेती गर्नुभएको छ । भारतीय सेनाबाट अवकाश भएपछि सुन्तला खेती गर्नुभएका गुरुङ गाउँका अरुलाई पनि सुन्तला खेती गर्न प्रेरित गर्नुहुन्छ ।

पर्वत र बागलुङबाट वर्षेनी २५ करोडको सुन्तला विक्री हुने गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP