Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

नयाँ बसपार्क शुद्धीकरण अभियान : लागुऔषधसहित ७३ पक्राउ

काठमाण्डौ – प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति,  बिसङ्गति अन्त्यका लागि नयाँ बसपार्क शुद्धीकरण अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

‘बसपार्क क्षेत्रमा बसेर लागुऔषध दुरसनी, वेश्यावृत्ति गर्ने/गराउने, तोकिएको मापदण्ड पालना नगरी बिचौलिया राखेर यात्रुलाई हैरानी दिनलाई पक्राउ गरेका छौँ’, उहाँले भन्नुभयो ।

पक्राउ पर्नेमा उर्वसी डान्सबारका सञ्चालक, नमस्ते डान्सबारका मेनेजर, दर्शन नमस्ते रेष्टुरेन्टका सञ्चालक, गोरखा मनकामना गेष्टहाउसका सञ्चालकलगायत छन् ।

पक्राउ परेकासँग प्रहरीले लागुऔषध गाँजा र नाइट्राभेट ट्याब्लेटसमेत बरामद गरेको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । ‘नयाँ बसपार्क बिस्तारै सुध्रिँदै गएको छ, बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलाप र बिचौलिया रोक्नु जरुरी छ’, उहाँले भन्नुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँ बसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रको रुपमा विकास गर्न यहाँभित्र रहेका विकृति विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरेको बताउनुभयो ।

प्रहरीले पक्राउ परेकालाई  आवश्यक अनुसन्धान गरी मुद्दासमेत चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP