Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

रोल्पामा वृद्धकाे हत्या गरेर गहना र पैसा लुटपाट

रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिका–६, भनभनेका ७२ वर्षका बलिराम बुढाको हत्या गरी लुटपाट भएको छ ।

लुटेरा समूहले बुढाको हातखुट्टा बाँधेर हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटका क्रममा बलिरामको ज्यान गएको र उहाँकी ७० वर्षकी श्रीमती काउली बुढाको स्थानीय बासिन्दाले उद्धार गरेका प्रहरीले जनाएको छ ।

बलिरामको घरबाट झण्डै १ लाख रुपैयाँ र २ तोला सुन लुटिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

राति १० बजेतिर ६ जना केटा र १ जना केटी त्यस घरमा लुटपाट गर्न गएका पीडित वृद्धाको भनाइ छ । घरमा कति रकम थियो भन्ने काउलीलाई यकिन जानकारी नभए पनि झण्डै १ लाख रुपैयाँजति नगद र २ तोला सुन लुटिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको रोल्पा प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP