Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

समान काममा असमान ज्याला कायमै मजदुर सङ्गठनहरूले वकालत नगरेको आम श्रमिकको गुनासो

नेपालगञ्ज । श्रम ऐन् २०७४ मा लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको कामको लागि पारिश्रमिकमा भेदभाव गर्न पाईँदैन भनिएको छ । तर श्रम ऐन लागु भएको दुई वर्ष बितिसक्दा पनि महिला र पुरुषबीच हुने पारिश्रमिकको विभेद हटेको छैन ।

सामाजिक संरक्षण नीतिमा समानताको कुरा उल्लेख भए पनि ज्यालमा भने विभेद छ । बर्दिया राजापुरका कैलास चौधरीले नेपालगञ्जमा मजदुरी गर्न थालेको ६ वर्ष भयो । चौधरीका श्रीमानश्रीमति दुबै ज्याला मजदुरीको काम गर्नुहुन्छ ।

काम उस्तै भए पनि श्रीमतीको ज्याला आफ्नोभन्दा दुई गुणा कम भएको कैलासले बताउनुभयो ।

बाँके र बर्दियाका विभिन्न ठाउँबाट मजदुरी गर्न नेपालगन्ज आउनेहरू थुप्रै भेटिन्छन् । कतिपयले बाह्रैमास मजदुरी गर्छन् भने कतिपय खेतीपातीको काम सकेर देश हेर्न र मुख फेर्न भन्दै सहर पस्छन् ।

तर झरी, हुरी र चर्को घाम नभनी काम गरे पनि समान काममा समान ज्यादा नपाउँदा महिला श्रमिकहरु खुशी छैनन् । बर्दिया राजापुर ६ का जुग्मानी चौधरीले पनि गाउँघरदेखि बजारसम्मै ज्यालामा विभेद रहेको गुनासो गर्नुभयो ।

श्रमिक धेरै भएको भनेर अचेल पारिश्रमिक घटेको छ । पहिले दैनिक ८ सयसम्म पाउँदै आए पनि अहिले ५ सयमा चित्त बुझाउनुपरेको जानकी गाँउपालिका पिप्रहवाका रामबच्ची चौहानको भनाइ छ ।

कामदारको सुरक्षामा समेत हेलचेक्राईँ भएको उनीहरूको गुनासो छ ।

दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्ममा युवा र अपाङ्गता भएका व्यक्तिहरू लगायत सबै महिला र पुरुषहरूको निम्ति पूर्ण एवम् उत्पादनशील रोजगारी र मर्यादित काम उपलब्ध गराउनुका साथै समान काममा लागि समान तलब प्रदान गर्ने भनिएको छ । तर कार्यान्वयन पक्ष त्यो त्यस्तो देखिंदैन ।

उस्तै प्रकृतिको कामका लागि समान पारिश्रमिक, मजदुरका हक, अधिकार र सेवासुविधाका बारेमा मजदुर सङ्गठनहरूले प्रभावकारी वकालत नगरेको आम श्रमिकको गुनासो छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP