Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुका १२.५ प्रतिशत मानिसमा हात्तीपाइको संक्रमण

माधव बेल्वासे,कपिलवस्तु

कपिलवस्तु जिल्लामा कुल जनसख्याको १२.५ प्रतिशत मानिसमा हात्तीपाईलेको संक्रमण देखिएको छ । स्वास्थय कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा हात्तीपाइले रागीको संख्या उच्च रहेकोले निवारण गर्न चुनौती रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा एघारौ पटक सम्म हात्तीपाइले विरुद्धको औषधि खुवाउँदा समेत निर्मुल पार्न नसकेपछी यस वर्षपनि यो अभियानलाई निरन्तरता दिइएको छ । माघ २५ गते वाट जिल्लामा बाह्रौ पटक औषधि वितरण कार्यक्रम शुभारम्भ हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । यस वर्ष जिल्लामा ५ लाख ६४ हजार ९ सय ७३ जनालाई औषधि खुवाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
देशभरकै तुलनामा धेरै रोगी रहेका जिल्लामा सन् २०२० भित्र बिरामीको संख्या १ प्रतिशतभन्दा कममा झार्ने सरकारी योजना छ । यस योजनालाई सफल पार्न यस वर्ष जिल्लाका १० वटै स्थानिय तहका स्वास्थ्यकर्मीहरुकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउन लागिएको छ । गत वर्ष कुल जनसख्याको ६६.६ प्रतिशत मानिसलाई औषधी खुवाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कपिलवस्तुका नागरिकले औषधी नखादा विश्वकै सवै भन्दा जोखिम क्षेत्रको रुपमा कपिलवस्तु रहेको डा.गंगाराम यादवले बताउनुभयो । औषधि खादा शरिरमा विभिन्न समस्याहरु आउने भ्रम भएको भन्दै यस औषधिलाई सबैले प्रयोग गर्न सुझाव दिनुभयो ।
वर्षमा एक पटक गरी ६ वर्ष लगातार औषधि खाएमा यो रोग निर्मुल हुनेछ । विगतका वर्षहरुमा स्वास्थ्य स्वेयमसेविकाहरुलाई परिचालन गरी औषधि खुवाउदा प्रभावकारी नभएकोले गत वर्ष देखी स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भगतले बताउनुभयो । औषधि खाली पेटमा खान नहुने चिकित्सकहरुले बताउँछन्। शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। ती लक्षणहरु केहि घण्टाभित्रमा आफैं हराएर जाने चिकित्शकहरु बताउँछन् ।
हात्तीपाइले उच्चेरिया बाक्रोफेटी नामक परजीविबाट लाग्दछ । यो परजीवि एक ब्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाईबाट सर्छ । यो रोग बिरुद्ध एडबेन्डाजोल र डिइसी नामक औषधी दिइन्छ र यो पूर्णतया सुरक्षित हुने स्वास्थ्यकर्मी बताउछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP