Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कुखुराकाे मासुकाे भाउ बढाउने व्यापारीलाई सरकारले कारबाही गर्ने

काठमाण्डाै – कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ ।

कुखुराको मासुको भाउ अस्वभाविकरुपमा बढाएर किलोको चार सय २० रुपैयाँ पुर्‍याउँदा पनि सरकार चुप रहेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरिरहेका बेला वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीलाई कारबाही थाल्ने तयारी गरेको हो ।

मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई स्पष्टीकरण सोधेको र मङ्गलबारसम्म चित्तबुझ्दो जवाफ नआए बुधबारबाट कारबाही प्रक्रिया थाल्ने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

डेढ महिना अघिसम्म दुई सय ५० रुपैयाँ किलो रहेको कुखुराको मासुको भाउ व्यापारीले चार सय २० रुपैयाँ पुर्‍याएका छन् ।

बिहे, वनभोजलगायतका कारण मासुको माग बढी हुने महिनामै व्यवसायीले मासुको भाउ बढाएका हुन् ।

व्यापारीले लागत मूल्य नपाएको भन्दै गएको मङ्सिर २९ गतेदेखि १० दिनसम चल्ला र चल्ला उत्पादन गर्न ठिक्क पारेका अण्डा नष्ट गरेका थिए । त्यसको असर डेढ महिनापछि बजारमा देखिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP