Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कामकाे खाेजीमा काभ्रे आएका रोहिङ्ग्या काठमाण्डौ फर्किए

काभ्रेपलाञ्चोक – कामको खोजीमा झण्डै साढे दुई महिनाअघि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिङ्ग्या परिवार मङ्गलबार पुनः काठमाण्डौको कपनमा नै फर्किएका छन् ।

स्थानीयवासी सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका सो समुदायका १० परिवारका झण्डै ३४ जना पुनः मङ्गलबारदेखि कुशादेवी छोडेर कपन फर्केको वडा नं ३ का वडाध्यक्ष ईश्वर थापाले बताउनुभयो ।

एक हप्ताअगाडिदेखि नै जानका लागि सामानहरु ओसार्ने क्रममा रहेका उनीहरु बुधबार सबै परिवार फर्किएको वडाध्यक्ष थापाले बताउनुभयो । कपनमा बस्दै आएका ती समुदाय त्यहाँका जग्गाको भाडा सम्झौता सकेपछि विकल्प खोज्दै यता आएको पाइएको र अहिले फेरि उतै फर्केर गएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले ३४ मध्ये १७ जना १८ गते शनिबारदेखि नै कपनको लसुनटार भन्ने ठाउँमा गएको बताउनुभयो ।

बाँकी रहेकामध्ये सातजना सोमबार गएको र बाँकी १० जना मङ्गलबार गएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो । अब त्यो ठाउँमा रोहिङ्ग्या समुदायको कोही पनि व्यक्ति बसोबास नरहेको उहाँले बताउनुभयो ।

ती समुदायका दश परिवारको ३४ जनामा १ देखि ६२ वर्षसम्मका व्यक्ति रहेका र तीमध्ये १३ साना बालबालिका र आठ महिला रहेको प्रहरीले जनाएको छ ।
त्यसरी आएका रोहिङ्ग्या कुशादेवी आसपासमा कामको खोजी गर्दै जीविकोपार्जन गर्दै आएको थियो ।

ती परिवारका पुरुष व्यक्तिहरु दैनिक गुजारा चलाउन काम खोज्ने र श्रम गर्ने रहेको तथा महिला घरको काम गर्ने र परिवार हेरचाह गर्ने गर्दै आएको थियो । सुरुमा १४० जनाको सङ्ख्यामा हुने भन्दै टहरा बनाउन थालेका उनीहरुले पछि ३४ जना मात्रै हुने भन्दै बनाएको टहरा भत्काएर ११ वटा टहरामा बस्दै आएका थिए ।

रोहिङ्ग्या समुदायका नुर हप्पिसका अनुसार बनाएको टहराका परिवारअनुसार स्वयंले भाडा तिर्नेगरी बस्दै आएकामा पछिल्लो समय उतै फर्केको हो। नयाँ मान्छेहरु आएपछि सशङ्कित बनेका त्यहाँका स्थानीय बासिन्दालाई उनीहरुले आफूहरु परिश्रम गरेर खाने मान्छे भएका कारण सशङ्कित नहुन आग्रह गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP