Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विजयनगरको छैठौँ गाउँ सभा सम्पन्न, योजनाहरुलाई पारदर्शी बनाउने अध्यक्ष थापाको जोड

राम प्रकट कोरी
माघ २७ गते –विजयनगर, क.व.

कपिलवस्तुको विजयनगर गाउँपालिकाको छैठौँ गाउँ सभा सोमवार सम्पन्न भएको छ । उक्त गाउँ सभाले आर्थिक वर्ष २०७६÷०७७ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको हो । बजेटको संसोधन आएपछि वडा र गाउँपालिकाबाट कार्यान्वयन हुन नसकेका र केही आवश्यक देखिएका योजनाहरुमा थप बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ को आन्तरिक आयस्रोतबाट पुस मसान्तसम्म ९९ लाख बैँक दाखिला भएको उल्लेख गरिएको छ । गाउँ सभाध्यक्ष गोपाल बहादुर थापाले कार्यक्रममा १ ओटा नियमावली, १० ओटा कार्यविधि, र २ ओटा ऐन प्रस्तुत गर्नु भएको थियो र सो सर्वसम्मतिबाट पारित गरिएको छ ।

कार्यक्रममा २०७६ सालको स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र निर्णयार्थ, कर्मचारी कल्याणकारी कोष सञ्चालन, आर्थिक सहायता सम्बन्धी कार्यविधि, एम्बुलेन्स सेवा व्यवस्थापन तथा सञ्चालन, खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि, समपूरक कोष सञ्चालन तथा व्यवस्थापन, मर्मत सम्भार कोष सञ्चालन निर्देशिका, यान्त्रिक उपकरण सञ्चालन सम्बन्धी कार्यविधि, स्थानीय विकास कोष स्थापना तथा सञ्चालन कार्यविधि, विपद व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन, व्यवसाय कर सम्बन्धी कार्यविधि, घर बहाल कर सम्बन्धी कार्यविधि लगायत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई समापन गर्दै गाउँसभाध्यक्ष गोपाल बहादुर थापाले अति आवश्यक गर्नु र सञ्चालनमा रहेका योजनाहरु आगामी जेठ मसान्तभित्र सम्पन्न गने गर्री कार्ययोजना बनाएर लाग्न अनुरोध गर्नु भयो । योजनाहरुलाई पारदर्शी बनाउने, इमान्दरी पुर्वक सम्पन्न गराउने र सबैको जवाफदेहिता रहोस् भन्ने कुरामा जोड दिनु भयो ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले कतिपय ऐन, कार्यविधि र निर्देशिका नहुँदा कार्य गर्न असहज हुने भएकोले सभाबाट सर्वसम्मतिले पारित भएकोले कार्यान्वयन गर्न सजिलो हुने बताउनु भयो । यसरी सम्पूर्ण मातहतका कर्मचारीलाई चुस्त दुरुस्त बनाई कार्य गर्न अनुरोध समेत गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP