Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सिन्धुपाल्चोक : रुघाखोकी र ज्वरो प्रभावित गाउँमा कोरोना नभएको सम्भावना, नआत्तिन आग्रह

सिन्धुपाल्चोक – जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले कोरोनाको जस्तो लक्षण देखिएको भए पनि सामान्य भाइरल मात्रै भएको हुन सक्ने बताउनुभयो । तर यसबारे आफूहरुले अध्ययन गरिरहेको र गाउँमा चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो ।

उहाँका अनुसार गाउँमा कोही आएको या नआएको बारे थप बुझ्न लगाएको र अध्ययन भइरहेको छ ।

त्यस क्षेत्रमा देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मी परिचालन गरिएको छ । बिरामीमध्ये १० जना निको भएको र केहीको उपचार भइरहेको प्रमुख चापागाइँले बताउनुभयो ।

गाउँमा एक सय ५० जनामा रुघाखोकी र ज्वरोको प्रकोप देखिएकोमा एक जना सिकिस्त रहेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । त्यहाँ गएकाे तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको र गुम्बागाउँमा दुई जना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि र अरु सामग्री पुगेको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यहाँको स्वास्थ्य समस्याबारे अध्ययन गर्ने काम भइरहेको जनाएको छ । बिहान मन्त्रालयमा गाउँपालिकाको पत्रबारे छलफल भएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।

लक्षण मिले पनि कोरोना हुन सक्ने सम्भावना निकै कम रहेकाले नआत्तिन पनि सचिवालयले सबैसँग आग्रह गरेको छ । चीनसँग सीमा जोडिएकाे भए पनि त्यहाँ दुई महिनादेखि नाका बन्द भएकाले चीनबाट मानिस आउने सम्भावना नै नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP