दाङ – सल्यानको कपुरकोटबाट बुटवलका लागि हिँडेको नेपाली सेनाको लु १ ग १२३ नम्बरको गाडी सल्यानको चोरखोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
कपुरकोट गाउँपालिका वडा नम्वर ३ मा रहेको चोरखोलामा भएको दुर्घटनामा ज्यान गुमाउनेमा २९ वर्षीय नेपाली सेनाका सिपाही यादवराज धरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ३५ वर्षीय मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ रहेका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया