Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

ट्याक्सीमा छुटेको १३ तोला सुन फिर्ता, चालकलाई सिक्री उपहार

काठमाडौं । सोमबार दिउँसो साढे १ बजे लक्की रिजाल लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म यात्रा गर्दै थिइन्। गन्तव्यमा पुगेपछि उनी ट्याक्सीबाट ओर्लिइन्, तर ‘लगेज’ ट्याक्सीमै छुट्यो। रिजालले लगेज छुटाएको कुरा चालकले पनि झट्ट थाहा पाएनन्। रिजाललाई ट्याक्सीको नम्वर पनि थाहा भएन। रिजालले आफ्नो लगेज ट्याक्सीमा छुटेको भन्दै साढे ३ बजे ट्राफिक प्रहरी महाशाखामा निवेदन दिइन्। उक्त ट्याक्सीको ट्राफिक प्रहरीले खोजी गर्न थाल्यो। त्यत्तिकैमा ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्वर १०३ मा फोन आयो।

त्यो फोन गर्ने व्यक्ति उनै ट्याक्सी चालक थिए। बा२ ज ४०७१ नंको ट्याक्सी भाडामा चलाउँदै आएका बर्दिया गेरुवा गाउँपालिका ४ का नवीन सिग्देलले एक यात्रुको लगेज आफ्नो ट्याक्सीमा छुटेको ट्राफिक प्रहरीलाई जानकारी दिए। ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले छुटेकाे लगेजसहित चालक सिग्देललाई उपस्थित गरायो। रिजाललाई पनि सम्पर्क गरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले छुटेको लगेज हस्तान्तरण गरे। रिजालको लगेजमा एकदमै महत्वपूर्ण सामानहरु थियो। १३ तोला बराबरको सुनका गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकल कागजपत्रहरु लगेजमा थियो।

हस्तान्तरणपछि लगेज धनीले इमान्दारिताको प्रशंसा गर्दै एक थान सुनको सिक्री पुरस्कारस्वरुप चालकलाई प्रदान गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। “म आजै मात्रै अमेरिकाबाट आएको हुँ,” रिजालले भनिन्, “लाजिम्पाटमा सानो काम थियो, त्यहाँ पुगेर बाटोमा रहेको ट्याक्सीमा चढेर थापाथलीमा रहेको युरो किड्समा छोरालाइ भेट्न जाँदा झोला ट्याक्सीमै छोडेछौं ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP