Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विजयनगरमा जारी दोस्रो अध्यक्षकप फुटबल प्रतियोगीतामा आज दुई खेल सम्पन्न, भोलीबाट दोस्रो चरणको खेल हुने ।।

प्रभात न्यौपाने,विजयनगर फागुन ०५

विजयनगर गाउँपालिकाको सहयोग र श्रीजनशिल युवा क्लबको आयोजनामा विजयनगर गाउँपालिकाको शंकरपुर खेलमैदानमा जारी दोस्रो अध्यक्षकप फुटबल प्रतियोगीतामा आज चौथो दिनको खेल सकिएको छ । आज ४ टिमबिच प्रतिस्प्रर्धा भएको थियो ।

आजको पहिलो खेल नमुना ज्योति युवा क्लब हल्लानगर र लोहरौला युवा क्लब लोहरौला बिच भएको थियो । अत्यन्तै प्रतिस्प्रर्धात्मक भएको खेल नमुना ज्योति युवा क्लबले लोहरौला युवा क्लबलाई ३–२ गोल अन्तरले पछी पार्दै जित शुरक्षित गरेको हो । खेल समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछी खेललाई पेनाल्टी सुटआउटमा परिणत गराइएको थियो । पेनाल्टी सुटआउटको पहिलो चरणमा समेत बराबरी भएपछी दोस्रो चरणमा पेनाल्टी सुटआउट गर्दै नमुना ज्योति युवा क्लब हल्लानगरले जित निकालेको हो ।

आजै भएको अर्काे खेल भने शिवगढी स्पोर्टिङ क्लब तुरन्तपुर र युनिटेड फुटबल क्लब धानखोला बिच भएको थियो । निकै रोमाञ्चक रुपमा प्रस्तुत भएका यी दुबै टिम मध्ये पहिलो इन्जुरीमा हेन्डद्धारा पाएको पेनाल्टी सुटआउटलाई शुरक्षित गरेको युनिटेड फुटबल क्लब धानखोला विजयी भएको छ ।

यससँगै आजबाट पहिलो चरणको खेल सकिएको छ भने भोलीबाट दोस्रो चरणको खेल हुनेछन । भोली हुने पहिलो खेल नव ज्योती युवा क्लब हल्लानगर र ब्वायज युनाइटेड क्लब नौडिहवा बिच हुनेछ त्यस्तै भोली नै हुने दास्रो खेल शसस्त्र प्रहरीबल ५ नम्बर बाहिनी रुपन्देही र सुर्यमुखी युवा क्लब बिजगौरीबिच प्रतिस्प्रर्धा हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP