भक्तपुर – अमेरिका जानकाे लागि ‘बैंक ब्यालेन्स देखाउनुपर्ने छ’ भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
रकम ठगी गर्ने ललितपुरको इमाडोल बस्ने बाग्लुङ पैयुँपाटाका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रे चौउरेका ३४ वर्षीय गणेश लामालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
उनीहरुलाई पीडित सानुमाया लामाको उजुरीका आधारमा खोजी गर्दा लुकेर बसेको अवस्थामा भक्तपुरको ठिमीबाट पक्राउ गरिएकाे महाशाखाका सूचना अधिकृत, प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको पनि खुल्न आएको महाशाखाले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया