Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मानसिक सन्तुलन गुमाएकी नेपाली महिला दुबईमा अलपत्र

यूएईको दुबईमा एक नेपाली महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा भेटिनुभएको छ । कतैै तपाई‌ले उहाँलाई चिन्नु पाे भएको छ कि ?

अरबी भाषा प्रष्ट बोल्न जान्ने ती महिलाको नाम यामकुमारी थापा  र उमेर ४६ वर्ष भएको स्थानीय सामाजिक अभियन्ता लैला अबु बकरले जानकारी दिनुभएको छ । नेपालमा उहाँको ठेगाना र दुबईमा काम गर्ने ठाउँबारे कुनै पत्तो लाग्न सकेको छैन ।

सामाजिक अभियन्ता बकरकाअनुसार यमकुमारीले २०१९ को अक्टोबरमा दुबई अस्पतालमा मस्तिष्कको शल्यक्रिया गर्नुभएको थियो । त्यसपछि यामकुमारी अस्पतालमै हुनुहुन्छ । यामकुमारीको आफन्त तथा साथीभाइ कसैसँग पनि सम्पर्क छैन । रोजगारदाता व्यक्ति पनि अस्पतालमा नआएको बकरले जानकारी दिनुभयो ।

गएको चार महिनादेखि यामकुमारीलाई आफन्त, साथीभाइ तथा रोजगारदातासँग भेटाउन प्रयास गरिरहे पनि कोहीसँग सम्पर्क हुन सकेको छैन । बकरले गल्फ न्यूजसँग बताएअनुसार यामकुमारीलाई अक्टोबरको तेस्रो हप्ता अचेत अवस्थामा एम्बुलेन्समा राखेर दुबई अस्पताल पुर्याइएको थियो ।

ल्याउनेबेला अचेत अवस्थामा भए पनि होश आइसकेपछि यामकुमारीले बान्ता गरिरहने र टाउको दुख्ने गरेको बताउने गरेकी थिइन् । मेडिकल रिपोर्टअनुसार मस्तिष्कमा रक्तश्राव भएको देखिएको छ । अहिले पनि यामकुमारीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या छ ।

सामाजिक अभियन्ता बकरकाअनुसार फेब्रुअरी १७ अर्थात आज सोमबार यामकुमारीको अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने हो । तर कोही पनि सम्पर्कमा नआएपछि यामकुमारीलाई आफूसँगै राख्नुबाहेक अरु कुनै उपाय नभएको बकरले बताउनुभएको छ ।

यामकुमारीले आफ्नो एउटा छोरा छ भन्नेबाहेक अरु केही जानकारी दिन सक्नुभएको छैन । यामकुमारीले दुबईमै एक अरबी परिवारमा घरेलु कामदारको रुपमा काम गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले सामाजिक अभियन्ता लैला अबु बकरले यामकुमारीलाई नेपाल पठाउन दुबईमा रहेको नेपाली दूतावाससँग सम्पर्क गर्ने प्रयास गरिरहनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP