Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कृष्णबहादुर महरा: बलात्कार प्रयासको अभियोगमा काठमाण्डू जिल्ला अदालतद्वारा पूर्वसभामुखलाई सफाइ

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ।

लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमवार फैसला सुनाएको हो।

अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, “अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।”

दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर बलात्कार प्रयास गरेको अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसला गरेपछि रिहा हुनेछन्।

दुई महिनाअघि उच्च अदालत पाटनले पूर्वसभामुख महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो।

उसले जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म पुर्पक्षका निम्ति थुनामा राख्न दिएको आदेश नै सदर गरिदिएको थियो।

साथै उच्च अदालतले ‘उक्त मुद्दा लगातार कारबाही र सुनुवाइ गर्नुपर्ने प्रकृतिको भएको र पीडितको बकपत्र समेत भइसकेको देखिएको’ उल्लेख गर्दै ‘एक महिनाभित्र मुद्दाको कारबाही र किनारा लगाउन’ आदेश दिएको थियो।

महराविरुद्ध बलात्कार प्रयास गरेको उजुरी दिएकी संसद्‍ सचिवालयमा कार्यरत एक कर्मचारीले पछि आफूलाई जबरजस्ती उजुरी गर्न लगाएको भन्दै अर्को निवेदन दिएकी थिइन्।

ती महिलाको आरोपपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

ती महिलाले पछि औपचारिक रूपमा प्रहरीमा उजुरी दिएपछि महरालाई गिरफ्तार गरिएको थियो।

कार्तिकको मध्यतिर उनीविरुद्ध जिल्ला अदालत काठमाण्डूमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

कसरी लाग्यो आरोप

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन्।

तर महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए।

नेकपाको पार्टी सचिवालयको आग्रहपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

असोज १९ अर्थात् महाष्टमीको साँझ महरालाई प्रहरीले सरकारी निवासबाटै पक्राउ गरेर लगेको थियो।

तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र मा‌ओवादीको समर्थनमा सभामुख बनेका थिए।

बलात्कार प्रयासको आरोप लागे लगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए

यी दुई पार्टीको एकीकरणपछि नेकपाको गठन भएको थियो।

महराले पदबाट राजीनामा दिएदेखि लामो समयसम्म सभामुखको पद रिक्त रहेको थियो।

दुई साताअगाडि सत्ताधारी नेकपाका भित्र पूर्व माओवादीकै नेता अग्नि सापकोटा नयाँ सभामुख छानिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP