Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

कपिलवस्तुकाे ताैलेश्वरनाथ मन्दिरमा भक्तजन काे घुइँच

धीरज काेरी
कपिलवस्तु , ९ फागुन
महाशिवरात्रि पर्वको अवसरमा कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा स्थित ताैलेश्वरनाथ महादेवकाे मन्दिरमा हजारौंकाे संख्या भक्तजनहरुले विहानै देखि जल चढाउनेहरुकाे घुइँचो लगेकाे थियोे ।

ताैलेश्वरनाथ मन्दिरकाे विक्रम सम्वत् १८७२ सालमा स्थापित हिन्दु धर्मावलम्बीहरुकाे विश्वास काे केन्द्रकाे रुपमा रहेको मानिन्छ । एशियाकै सबैभन्दा ठूलो शिवलिंगका रुपमा विश्वास गरिन्छ ।

भगवान बुद्धको जन्म लुम्बिनी भए तपनि राजा शुद्धाेधन र रानी मायादेवी काे राज दरबार तिलाैराकाेट मा २९ वर्ष विताउनु भएको पाइन्छ । शिव मन्दिर ताैलेश्वरनाथ काे नजिकै तिलाैराकाेट रहेकाे छ। बजारमा ठुलो मेला लगेकाे थियो ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

अाजै विहानै देखि रामघाट नदि लगायत अन्य नदिमा नुहाएर भक्तजनहरु जल लिएर शिवलिंगमा लगेर चढाउने गर्छन् ।

अाज का दिनमम व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

मन्दिरमा भक्तजनलाई कुनै प्रकार र केही नहुन दिनकाे लागि सुविधा भक्तजन सहज संग दर्शन गराउछकाे लागि मन्दिरकाे संचालक समिति द्वारा स्वास्थ शिविरकाे व्यवस्था गरिएको थियोे ।
महाशिवरात्री काे अवसरमा कपिलवस्तु , रुपन्देही ,अार्घाखाँची , दाङ विभिन्न जिल्ला र भारतीय सिमा क्षेत्रबाट पनि हजारौंकाे संख्यामा भक्तजनहरु शिवलिंगकाे पुजा गर्न र मेला हेर्ने हरेक वर्ष अाउने गरेकाे पाइन्छ ।

ताैलेश्वरनाथ मन्दिरमा ४० हजार देखि ५० हजार जना भक्तजनहरुले दर्शन गर्ने संचालक समितिले अाशा लिएको समितिका सचिव हरिश्चन्द्र लाल श्रीवास्तव संग कुराकानी गर्दा जानकारी दिनु भयो ।

मन्दिरमा भक्तजनलाई राम्रो र सजिलो संग दर्शन गराउन काे लागि स्वयंसेवक ३० जना महिला र पुरुष , १९ जना समितिका मान्छे , नगर वासी स्वयम , जिल्ला प्रहरी कार्यालय बाट प्रहरी , शस्त्र प्रहरी बल बाट , अन्तरिक व्यवस्थापनका लागि समाजसेवीहरु अनि अन्य व्यक्ति लगायत का व्यक्तिहरु खटिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP